मधेशसमाचार

जेनजी युवाहरुद्वारा जयनगरबाट लखेटिए प्रभु साह

असोज १७ रौतहट

आम जनता पार्टीका अध्यक्ष प्रभु साह शुक्रबार रौतहटको जयनगरबाट लखेटिएका छन्।

जिल्लाको गरुडा नगरपालिका -१ जयनगरबाट पूर्व मन्त्री समेत रहेका आजपा अध्यक्ष प्रभु साह जेनजी युवापुस्ताबाट लखेटिएका हुन् ।

विजया दशमी, दीपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै गरेको अवस्थामा जेनजी युवाहरुले नेता प्रभु साहलाई लखेटेका छन् ।

भाषणको क्रममा नेता साहले आफु बाहेक बाँकी दलका सबै नेता चोर रहेको भनेपछि आक्रोशित युवाहरुले उनलाई लखेटेको बताइएको हो ।

आफैं पटक पटक सरकारमा सहभागी भएर मन्त्री भएको र देशको लागि केही गर्न नसकी असफल भएको नेता साह उल्टै अरुलाई चोर भनी सम्बोधन गरेकेपछि युवाहरु आक्रोशित भएका थिए।

स्थानीयहरूले अनुसार अरु नेताहरुलाई चोर भनेर सम्बोधन गरेपछि नेता साहसंग युवाहरुले केही प्रश्न गर्न खोजेका थिए ।

युवाहरुले प्रश्न गर्न खेजेपनी साहका कार्यकर्ताहरु प्रश्न गर्न नदिएपछि उनीहरू झन् आक्रोशित भएका थिए।

त्यसपछि आक्रोशित युवाहरु र नेता साहका नेता कार्यकर्ता बीच घम्साघम्सी हुँदै कुटाकुट हुन् थाले ।

दुबै पक्ष बीच झडपको स्थिति सृजना हुन थालेपछि प्रभु साह आफ्ना मन्तव्य बीचमै रोकेर स्टेजबाट भागेका थिए।

प्रभु साह आफैं चोर, भ्रष्ट, लुटेरा र हत्यारा रहेको व्यक्ति अरूलाई चोर तथा भ्रष्ट भन्नु लजास्पद भएको भन्दै युवाहरुले उनलाई लखेटेको स्रोतले जनाए।

नेता साह अहिले गाउँ गाउँमा शुभकामना आदान प्रदान कार्यक्रमा खासगरी नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी र जसपा नेपालका नेताहरुमाथि लक्षित गर्दै उनीहरुलाई चोर, भ्रष्ट जस्ता अपमानजनक शब्द प्रयोग गर्दै निकै उत्तेजित भाषण गर्दै आएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button