मधेशसमाचार

गरुडा नगरपालिकाले अस्थायी, ज्यालादारी र करार सेवाका सम्झौता रद गर्‍यो

गरुडा नगरपालिकाले अस्थायी, ज्यालादारी र करार सेवाका सम्झौता रद गर्‍यो

रौतहट ३ कार्तिक

जिल्लाको मध्यभागमा रहेको गरुडा नगरपालिकाले नगर क्षेत्रभित्र कार्यरत अस्थायी, ज्यालादारी तथा करार सेवाका सबै कर्मचारीहरूको सेवा सम्झौता असोज ३० गतेदेखि प्रभावकारी हुनेगरी रद्द गरेको छ।

नगरपालिकाले शुक्रबार सार्वजनिक गरेको सुचनामा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थायी, करार तथा ज्यालादारी कर्मचारी रहन नपाउने व्यवस्था लागू भएको जनाइएको हो । सो व्यवस्था संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र नं. ११३ मिति २०८२ असोज ५ र ११५ मिति २०८२ असोज ७ का निर्देशनअनुसार लागू गरिएको हो।

नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत नीलकुमार न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, यस कार्यालय अन्तर्गत सम्पूर्ण ज्यालादारी कर्मचारीहरूसँग गरिएको सम्झौता, अस्थायी तथा करार सेवामा रहेका कर्मचारीको नियुक्ति र सम्झौता मिति २०८२ असोज ३० गतेदेखि प्रभावमा नआउने गरी रद्द गरिएको हो ।

यस निर्णयसँगै गरुडा नगरपालिकामा कार्यरत सबै अस्थायी तथा करारकर्मीहरूको सेवा अन्त्य भएको स्पष्ट गरिएको हो । नगरपालिकाले मानवस्रोत व्यवस्थापनलाई व्यवस्थित र उत्तरदायी बनाउने उद्देश्यले यो निर्णय गरेको बताइएको हो ।

नगरपालिकाका अनुसार काममा नियमित उपस्थिति नजनाउने जिम्मेवारी पूर्वक दायित्व नसम्हाल्ने र कार्यसम्पादनमा प्रभावकारी योगदान नदेखिएको कारणले सम्झौता रद गरिएको बताए। नगर प्रमुखको निर्देशनअनुसार मानवस्रोत व्यवस्थापनलाई व्यवस्थित र जिम्मेवार बनाउन यो निर्णय गरिएको हो।

यससँगै जिल्लाका अन्य स्थानीय तहहरूलाई पनि बिना कामका कार्यकर्ता तथा गैर–आवश्यक करार कर्मचारीलाई हटाएर दक्ष र उत्तरदायी जनशक्ति मात्र कायम गर्न सुझाव दिइएको हो ।

नगरपालिकाले आगामी दिनमा आवश्यकता अनुसार पारदर्शी प्रक्रियामार्फत योग्य जनशक्ति भर्ना गर्ने तयारी गरिरहेको जनाएको हो ।

स्थानीय निकायका सरोकारवाला अनुसार रौतहट जिल्लाका अन्य नगरपालिकाहरूले पनि बिना जिम्मेवारीका कार्यकर्ता वा गैर–आवश्यक करार कर्मचारी हटाउने तयारी गर्नुपर्ने आवाज उठेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button