मधेशसमाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त, सुरेन्द्र लाभ कर्ण नयाँ प्रमुखका रूपमा सिफारिस

मेवालाल यादव

रौतहट, २४ कार्तिक

सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको मर्म र संघीय लोकतान्त्रिक प्रणालीको मर्यादा विपरीत कार्य गरेको ठहर गर्दै उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलका अनुसार, मन्त्रिपरिषद्को निर्णयअनुसार भण्डारीलाई पदमुक्त गरी मधेश प्रदेशको नयाँ प्रमुखका रूपमा सुरेन्द्र लाभ कर्णको नाम राष्ट्रपति समक्ष सिफारिस गरिएको छ। मन्त्री खरेलले भने, “मन्त्रिपरिषद् बैठकले मधेश प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ र नयाँ प्रमुखका लागि सुरेन्द्र लाभ कर्णको नाम सिफारिस गरिएको छ।”

हालै मधेश प्रदेशमा देखिएको राजनीतिक विवाद र संवैधानिक अस्पष्टताबीच भण्डारीले संविधानको धारा १६८ को मर्म विपरीत सरकार गठन गरेको आरोप लागेको थियो। संविधानले तोकेको कानुनी प्रक्रिया र राजनीतिक सन्तुलन विपरीत, उनले प्रदेश सरकार गठन र शपथ ग्रहण प्रक्रिया सिन्धुलीस्थित एक निजी होटलमा सम्पन्न गरेको घटनाले राजनीतिक र कानुनी तहमा ठूलो विवाद खडा गरेको थियो।

 

यस घटनापछि मधेश प्रदेशका प्रमुख राजनीतिक दलहरू — मा. कुमर कान्त झा प्रमुख सचेतक

नेपाली कांग्रेस, मा. रामअशिष यादव प्रमुख सचेतक जसपा नेपाल ,

मा. चन्दन सिंह प्रमुख सचेतक जनमत पार्टी , मा. फकिरा महतो प्रमुख सचेतक

नेकपा माओवादी केन्द ,मा. रमिता प्रधान प्रमुख सचेतक

लोसपा नेपाल , मा. कनिष पटेल प्रमुख सचेतक ने.क.पा. (एस),

मा. उर्मिला देवी सिंह , नागरिक उन्मुक्ति पार्टीले संयुक्तरूपमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै भण्डारीको तत्काल पदमुक्ति माग गरेका जसपा नेपालका सचेतक राम आशिष यादवले जानकारी दिनुभएको छ ।

संविधानको मर्यादा र संघीयताको संरक्षणका लागि आवश्यक कदमका रूपमा सरकारले भण्डारीलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको हो। नयाँ प्रमुखका रूपमा सिफारिस गरिएका सुरेन्द्र लाभ कर्ण मधेशका वरिष्ठ सामाजिक अभियन्ता तथा राजनीतिक व्यक्ति मानिन्छन्।

सरकारको सिफारिस राष्ट्रपति समक्ष पठाइसकेको र राष्ट्रपति कार्यालयले छिट्टै औपचारिक नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरेको जसपा नेपालका सचेतक राम आशिष यादवले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button