मधेशसमाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त, राष्ट्रपतिको कार्यालयको विज्ञप्ति सार्वजनिक

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त, राष्ट्रपतिको कार्यालयको विज्ञप्ति सार्वजनिक

मेवालाल यादव

राष्ट्रपतिको कार्यालयले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ।

राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णय र सिफारिसका आधारमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई २०८२ कात्तिक २५ गतेदेखि पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ।

राष्ट्रपतिको प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारको सिफारिस अनुसार मधेश प्रदेश प्रमुख श्रीमती सुमित्रा सुवेदी भण्डारीलाई मिति २०८२/०७/२५ गतेदेखि पदमुक्त गरिएको छ।”

यससँगै मधेश प्रदेशमा नयाँ प्रदेश प्रमुखको नियुक्तिको तयारी पनि सुरु भएको सरकारी स्रोतले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button