मधेशसमाचार

दोस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

बारा , ०१ मँसिर

आदर्श कोतवाल गाउँपालिकाको आयोजनामा दोस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिताको भव्य उद्घाटन सोमबार गाउँपालिका खेल मैदानमा सम्पन्न भएको छ। पहिलो खेल महागढीमाई नगरपालिका र मौलापुर नगरपालिकाबीच खेलेटिएको थियो।

कार्यक्रमका अध्यक्ष सुजित कुमार बैठा (नारायणी स्किल डेभलपमेन्ट प्रा.लि., वीरगंज) ले खेलकुदले समुदायमा एकता, सद्भाव र ऊर्जा थप्ने बताउँदै प्रतियोगिताले स्थानीय प्रतिभाको पहिचानमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

उद्घाटन समारोहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साहले खेलकुद गाउँपालिकाको प्राथमिक विकास क्षेत्र भएको उल्लेख गर्दै स्थानीय युवालाई खेल क्षेत्रमा करियर बनाउन प्रेरित गर्ने उद्देश्य सहित गाउँपालिका निरन्तर सहयोगी भूमिकामा रहने बताए। “यहाँका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चम्कने अवसर पाउन् भने गाउँपालिकाको गौरव बढ्नेछ,” उनले भने।

त्यस्तै उपाध्यक्ष श्रीमती मीरा देवी, प्रमुख प्रशासकीय अधिकृत विजय चौरसिया, र वडा नं. १ का अध्यक्ष सुनिल यादव सहितका अतिथिहरूको उपस्थिति रहेको कार्यक्रममा बोल्दै चौरसियाले खेल स्वास्थ्य, अनुशासन र नेतृत्व विकासका लागि महत्वपूर्ण माध्यम भएको बताए। स्थानीय स्तरका खेलाडीलाई छनोट गरी जिल्लादेखि अन्तर्राष्ट्रिय स्तरसम्म पु–¥याउने उद्देश्य प्रतियोगिताको मूल लक्ष्य भएको उनको भनाइ थियो।

उद्घाटनसँगै प्रतियोगिता औपचारिक रूपमा सुरु भएको आयोजकले जनाएको छ। भने कार्यक्रमको सँचालन वडा नं ८ का वडा सचिव रामएकवाल प्रसादले गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button