मधेशसमाचार

राजनीतिक दलको दबाबमा नपरी कानुन अनुसार काम गर्छु : प्रमुख जिल्ला अधिकारी मिश्र

कलैया , २० कार्तिक 

बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रले कुनै पनि राजनीतिक दलको दबाबमा नपरी कानुन अनुसार काम गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

बारा जिल्ला प्रशासन कार्यालयमा बिहीबार आयोजित पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा प्रजिअ मिश्रले जनताको अपेक्षा र कानुनी दायराभित्र रहेर काम गर्न आफू दृढ रहेको बताएका हुन्।

“हामी कुनै दबाबमा नपरी, कानुन र जनताको हितका लागि काम गर्छौं। सुशासन प्रवर्द्धन र अपराध नियन्त्रणमा प्रशासन सक्रिय रहनेछ,” — प्रजिअ धर्मेन्द्रकुमार मिश्र

उनले बारा जिल्लामा शान्ति–सुरक्षा कायम राख्ने, सुशासन प्रवर्द्धन गर्ने, र सभ्य समाज निर्माण गर्ने उद्देश्यका साथ काम सुरु गरिएको जानकारी दिए।

मिश्रले जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी तथा प्रमुखहरूलाई सेवाप्रवाहमा पारदर्शिता र कार्यशैली सुधारका लागि ध्यान दिन आग्रह गरे। उनले भने, “सेवा प्रभावकारी बनाउन परिवर्तनको सुरुवात जिल्ला प्रशासन कार्यालयबाटै हुनेछ।”

साथै, उनले भ्रष्टाचार, घुस, वा कुनै व्यक्तिगत फाइदाका क्रियाकलापमा संलग्न हुनेहरूलाई कानुनको दायरामा ल्याइने चेतावनी पनि दिए।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सिकिन्द्र पासवान , पत्रकार महासंघ बाराको अध्यक्ष रमेश सुवेदी,

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोष तामाङ, सशस्त्र प्रहरी बल नेपाल नं. १२ मुख्यालय बाराका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के.सी, तथा राष्ट्रिय अनुसन्धान बाराका उप–निर्देशक सरोज निरौला लगायत बिभिन्न सँचारमाध्यममा काम गर्ने सँचारकर्मिको उपस्थिती रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button