मधेशसमाचार

आदर्श कोतवाल गाउँपालिकामा तालाबन्दी र आगजनीको घटना, समस्या समाधानका लागि पाँच जना प्रतिनिधि मार्फत वार्ता गर्न आह्वान

कलैया , २० कार्तिक 

आदर्श कोतवाल गाउँपालिकामा यहि असोज २७ गते स्ट्रिट लाइट जडान सम्बन्धी विवादका कारण केही युवाहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको घटना पश्चात गाउँपालिका अध्यक्ष जवाहर प्रसादले आफ्नो गम्भीर ध्यानाकर्षण व्यक्त गरेका छन्।

अध्यक्ष प्रसादले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि, गाउँपालिकाको कार्यालय जनताको विकास र हितका लागि स्थापना गरिएको संस्था भएकोले कार्यालयको कामकाजमा अवरोध पुर्याउने कुनै पनि कार्यले जनतामाथि नकारात्मक प्रभाव पर्नेछ।

उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम कारबाही गरिने उनले स्पष्ट पारेका छन्।

अध्यक्ष प्रसादले आन्दोलनरत पक्षसँग वार्ता गरी समस्याको समाधान खोज्ने पहल गर्दै भोलि बिहान ११:०० बजे अधिकतम पाँच जना प्रतिनिधिमार्फत बार्ता गर्न आह्वान गरेका छन्।

वार्ताको माध्यमबाट समस्या समाधान गर्न तयार छौं, तर कार्यालयमा अवरोध पुर्याउने वा आगजनी जस्ता कार्यलाई सहनु हुँदैन,” विज्ञप्तिमा उल्लेख छ।

यसअघि तालाबन्दी र आगजनीको घटनाले गाउँपालिका कार्यालयको कामकाज प्रभावित भएको थियो, जसमा स्थानीय प्रशासन र सुरक्षा निकायको निगरानीको आवश्यकता देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button