सात दलीय गठबन्धनको टायर बालेर विरोध प्रदर्शन मुख्यमन्त्री र सभामुखको राजीनामा माग

9

कार्तिक ३० रौतहट

मधेस प्रदेशमा मुख्यमन्त्रीको असंवैधानिक नियुक्ति र प्रदेशसभा सभामुखको पछिल्लो कदमविरुद्ध सात राजनीतिक दलको गठबन्धनले रौतहटको गौरमा विरोध प्रदर्शन गरेका छन् ।

सात दलिय गठबन्धनमा आवद्ध दलका नेता कार्यकर्ताले सदरमुकाम गौरको घण्टाघरमा टायर बालेर प्रदर्शन गरेको प्रदर्शनमा सहभागी लोसपाका प्रदेश सचिब ओमलोक पटेल ले जानकारी दिए।

असंवैधानिक मुख्यमन्त्रीलाई राजीनामा देउ शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमनको छानबिन गर दोषीमाथि कारबाही गरियोस् भन्ने माग उल्लेखित ब्यानेर सहित बिरोध प्रदर्शन गरिएको पटेलले जानकारी दिए।

आन्दोलनरत गठबन्धनका नेता कार्यकर्ताले नेकपा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति असंवैधानिक भएको भन्दै तत्काल राजीनामाको माग सहित चर्को नाराबाजी समेत गरेका थिए।

मुख्य मन्त्रीको नियुक्ति संविधान विपरीत होटलमा गरिएको छ।

अर्को तिर प्रदेशसभा सभामुख रामचन्द्र मण्डलले पदीय आचरणविपरीत काम गर्दै अविश्वासको प्रस्ताव दर्ता भएपछि सांसदहरूलाई पदमुक्त गर्ने जस्ता कदम चालेको आरोप लगाउदै लोसपा नेता अनिल सिंहले मुख्य मन्त्री र सभामुख लाई कुर्सीमा बसि राख्ने छुट कानुन र जनताले नदिने बताए ।नेता सिंहले मुख्य मन्त्री र सभामुख दुबैले नैतिकताको हिसाबले तुरुन्तै राजीनामा नदिए अर्को संघर्षको बाटो रोज्ने बताए।

सात दलका नेताहरुले शान्तिपूर्ण प्रदर्शनको अस्ति जनकपुरमा क्रममा कार्यकर्ताहरूमाथि भएको प्रहरी दमनबाट दर्जनौं कार्यकर्ता घाईते भएकोले त्यस विसयमा छानबिन गरी दोषी सुरक्षाकर्मीलाई कारबाही हुनुपर्ने माग गरेका छन्।

प्रदर्शनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.