मधेशसमाचार

रौतहटको आधारभूत विद्यालय बुनियादमा छात्रवृत्ति वितरण

रूपेश यादव

रौतहट, २६ जेठ

रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–८ स्थित श्री आधारभूत विद्यालय बुनियादमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ।

विद्यालयका प्रधानाध्यापक मुक्तिनारायण चौधरीले सोमबार आयोजित एक कार्यक्रमबीच छात्रवृत्ति वितरण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि प्राप्त छात्रवृत्ति रकमबाट विद्यालयमा अध्ययनरत सम्पूर्ण छात्र–छात्राहरूलाई प्रतिविद्यार्थी ४ सय रुपैयाँका दरले रकम वितरण गरिएको हो।

कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष नितेश चौधरी, विद्यालयका शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू, स्थानीय अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालयले छात्रवृत्ति कार्यक्रममार्फत विद्यार्थीहरूको पठनपाठनप्रति रुचि बढाउने तथा शैक्षिक गतिविधिमा थप प्रोत्साहन गर्ने उद्देश्य राखिएको जनाएको छ।

छात्रवृत्ति वितरण कार्य पारदर्शी र व्यवस्थित ढंगले सम्पन्न भएको भन्दै उपस्थित अभिभावकहरूले विद्यालय व्यवस्थापनप्रति धन्यवाद व्यक्त गरेका छन्। विद्यालयले आगामी दिनमा पनि विद्यार्थी हितका यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button