बारा, ७ असोज
बाराको सीमावर्ती नाका छतवाबाट स्थानीय प्रहरीकै सहयोग र संरक्षणमा कपडाको तस्करी तिब्र रूपले अगाडी बढेको तथ्य सार्वजनिक भएको छ । मङ्गलबार साझ करिब ८ बजेको समयमा तस्करहरूको लस्करै लागेको सुचना पाए पश्चात् इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलिले अबैध रूपले नेपाल भित्रयाएको कपडा बरामद गर्नसाथ तस्करी हुने गरेको रहस्य बाहिरिएको हो ।
छतवा नाकाको कल्याणपुर हुदै अबैध रूपले चारवटा भारतीय मोटरसाइकलमा कपडा नेपाल भित्रयाएको सुचना पाउनसाथ इलाका प्रहरी कार्यालय प्रसौनिबाट टोलि परिचालन गरिएको थियो । तस्करहरूको समुहलाइ पछाडि गर्दै जादा त्रिवेणि र प्रसौनीको बिचबाट नियन्त्रणमा लिन सफल भएको बारा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तमाङ्गले जिल्लाको सबै नाकाहरूमा व्यापक रूपमा प्रहरी परिचालन गरि निगरानी बढाइएको दाबी गरेपनी दाबी बमोजिम प्रहरीको काम कारवाही नदेखिएको स्पष्ट देख्न र बुझिन सकिन्छ ।
छतवा नाकाबाट दिनानुदिन तस्करीको कार्य बढ्नुले प्रहरी संगठनको इमान्दारिता माथी नै प्रश्न चिन्ह खडा भएको छ । शान्ती सुरक्षाको नामले परिचालित नेपाल प्रहरी सुरक्षा भन्दापनी तस्करीको मालसमान कटाउनमै ब्यस्त देखिन्छन । तसर्थ यस बिषयमा प्रदेश प्रहरी प्रमुख लगायत जेनजी आन्दोलनको फल स्वरूप गृहमन्त्री ज्यूको ध्यान पुग्न अति अवाश्यक रहेको देखिन्छ ।
