मधेशसमाचार

लाल बकैया खोलाबाट अवैध उत्खनन गर्ने दुई वटा ट्रयाक्टर नियन्त्रणमा

रौतहट, २१ जेठ

रौतहटको फतुवा विजयपुर नगरपालिका स्थित लाल बकैया खोलाबाट अवैध रूपमा ढुङ्गा उत्खनन गरिरहेका दुई वटा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
​बुधबार दिउँसो करिब १२:४५ बजेको समयमा फतुवा विजयपुर नगरपालिका वडा नं. ११ स्थित खोलाबाट अवैध रूपमा ढुङ्गा लोड गरी निस्कँदै गरेको अवस्थामा प्रहरीले ती सवारी साधनलाई फेला पारेको हो। नियन्त्रणमा लिइएका ट्रयाक्टरहरूमा मधेश प्रदेश ०३००१ त ७२३७ र ना ३ त ६८०५ नम्बर रहेका छन्।
​प्रहरी चौकी दुधिअवा र इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट खटिएको संयुक्त गस्ती टोलीले उक्त क्षेत्रमा निगरानी बढाउने क्रममा अवैध उत्खनन कार्य फेला पारेको थियो। प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको उक्त टोलीले घटनास्थलबाटै ट्रयाक्टरहरू नियन्त्रणमा लिएको प्रहरीले जनाए । उक्त घटनास्थल प्रहरी चौकीबाट करिब ३ किलोमिटर पूर्वमा पर्दछ।
​नियन्त्रणमा लिइएका दुवै ट्रयाक्टरलाई आवश्यक कानुनी कारबाहीका लागि फतुवा विजयपुर नगरपालिकाको कार्यालयमा बुझाइएको छ ।

​नगरपालिका कार्यालयले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन विपरीत कार्य गरेको ठहर गर्दै दुवै ट्रयाक्टर धनीलाई जरिवाना गरेको छ। ​जरिवाना रकम: प्रति ट्रयाक्टर १०,००० रुपैयाँ, ​जम्मा संकलन: २०,००० रुपैयाँ ​ट्रयाक्टर धनीहरूले नगरपालिकाको राजश्व शाखामा तोकिएको जरिवाना रकम बुझाएर रसिद कटाएपछि नियन्त्रणमा रहेका सवारी साधनहरू जिम्मा लगाइएको छ। जिल्लामा नदीजन्य पदार्थको अवैध दोहन रोक्न स्थानीय प्रशासन र प्रहरीले पछिल्लो समय सक्रियता बढाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button