मधेशसमाचार

ईशनाथ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नवाज हुसैनको भव्य स्वागत

ईशनाथ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नवाज हुसैनको भव्य स्वागत

रौतहट, २७ कार्तिक

रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा मो. नवाज हुसैनले औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको छ।

नगरपालिकामा कार्यभार ग्रहणको अवसरमा आयोजित भव्य स्वागत समारोहमा नगर प्रमुख श्रीमती कौशल्या देवी र उप–प्रमुख मो. परवेजले प्रमुख प्रशासकीय अधिकृत हुसैनलाई खाँदा र माला लगाएर स्वागत गर्नुभएको थियो।

स्वागत कार्यक्रममा बोल्दै नगर प्रमुख कौशल्या देवीले नयाँ प्रशासकीय अधिकृतलाई बधाई ज्ञापन गर्दै भनिन् “नगरपालिकामा सुशासन, पारदर्शिता र विकासका कार्यहरूलाई गतिशील बनाउन नवाज हुसैन सरको नेतृत्वले महत्वपूर्ण भूमिका खेल्नेछ।”

त्यस्तै उप–प्रमुख मो. परवेजले पनि सहयोग र सहकार्यका साथ नगरपालिका सुचारु रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भने,“नगरको प्रशासनिक दक्षता र जनसेवा प्रवाहमा सुधार ल्याउन हामी सबै मिलेर काम गर्नेछौं।”

नवाज हुसैनले पनि कार्यभार सम्हाल्दै जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीलाई धन्यवाद ज्ञापन गर्दै भने, “म पारदर्शिता, इमानदारी र नागरिकमैत्री प्रशासनिक सेवाको माध्यमबाट ईशनाथ नगरलाई उदाहरणीय नगरपालिका बनाउने लक्ष्य राख्दछु।”

कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय समाजसेवी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। उपस्थितहरूले नवाज हुसैनलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button