मधेशसमाचार

समाजवादी प्रेस संगठन बाराका सचिव नरेश गुप्ता एमालेमा फर्किए

बारा, २७ कार्तिक
समाजवादी प्रेस संगठन, बाराका सचिव नरेश गुप्ता पुनः नेकपा (एमाले)मा फर्किएका छन्। गुप्ता नेकपा एमाले विभाजनको समयमा नेकपा (एकीकृत समाजवादी) पक्षतर्फ लागेका थिए।
‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत राजधानीको राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रमका क्रममा गुप्ताले एमालेमा पुनः प्रवेश गरेका हुन्।
कार्यक्रममा नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवालीले उनलाई टिका र माला लगाएर स्वागत गर्दै पार्टीमा पुनः भित्र्याएका थिए।
कार्यक्रममा स्वागत गर्दै उप–महासचिव ज्ञवालीले भने,“एमाले देशको स्थायित्व, समृद्धि र समाजवादी मार्गको पक्षमा दृढतापूर्वक अगाडि बढिरहेको छ। पार्टीबाट टाढा गएका साथीहरूको पुनः आगमनले संगठनलाई अझ सबल र एकीकृत बनाउनेछ।”
पार्टीमा पुनः फर्किएपछि नरेश गुप्ताले एमालेप्रति पुनः विश्वास व्यक्त गर्दै भने, “देश र जनताको पक्षमा प्रभावकारी नेतृत्व लिन सक्ने एक मात्र शक्ति एमाले नै हो। त्यसैले म पुनः आफ्नै घर फर्किएको अनुभव गरिरहेको छु।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button