मधेशसमाचार

जनमत पार्टी बारा करैयामाईमा संगठन विस्तारका लागि पालिका बैठक सम्पन्न

बारा, २७ कार्तिक

जनमत पार्टी बारा अन्तर्गत करैयामाई गाउँपालिकाको पालिका बैठक आज सम्पन्न भएको छ। बैठकको अध्यक्षता पालिका अध्यक्ष बिन्देश्वर पटेलले गर्नुभएको थियो।

बैठकमा पार्टीका राजनीतिक समिति सदस्य कामेश्वर यादव, प्रभु पटेल तथा जिल्ला इन्चार्ज शिवनाथ प्रसाद पटेलको विशेष उपस्थिति रहेको थियो।

बैठकमा संगठन सुदृढीकरणका विविध पक्षमाथि विस्तृत छलफल गर्दै पार्टीलाई तल्लो तहसम्म मजबुत बनाउने निर्णय गरिएको छ। विशेषगरी प्रत्येक बूथस्तरमा जनमत पार्टीको उपस्थिति बलियो बनाउन ‘जेन–जी बूथ दस्ता’ गठन गर्ने निर्णय बैठकले गरेको छ।

बैठकमा सहभागी नेताहरूले जनमत पार्टीले उठाएका मुद्दा जनतासँग जोडिएका भएको बताउँदै आगामी निर्वाचनका तयारीका लागि अहिले नै संगठनलाई सक्रिय बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा पार्टीका स्थानीय कार्यकर्ता, युवादलका प्रतिनिधि तथा महिला अगुवाहरूको पनि सहभागिता रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button