
बारा , १७ पौष
प्रहरीले जिल्ला बारा, निजगढ नगरपालिका वडा नं. १२, कुलिया टोल क्षेत्रमा अवैध रुपमा लगाइएको गाँजा खेती फँडानी गरी नष्ट गरेको छ।
प्रहरी कारवाही अन्तर्गत मिति २०८२ पुस १६ गते बिहान ०९:४५ बजे इलाका प्रहरी कार्यालय निजगढबाट प्र.ना.नि. आस महमद अंसारीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त कार्यवाही गरेको हो।
उक्त कारवाहीमा करिब ८ कठ्ठा क्षेत्रफलमा फैलिएको ११–१२ सय गाँजाका बोटहरू फँडानी गरी पूर्ण रूपमा नष्ट गरिएको बताइएको छ।
प्रहरीले अवैध लागूऔषधको खेती नियन्त्रण र सम्बन्धित कानुनी कारबाही अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।



