श्री राम मन्दिरको तेस्रो वार्षिक उत्सवमा माइस्थान मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न

18

दिपक चौरसिया

वीरगंज, १७ पौष

श्री राम मन्दिरको तेस्रो वार्षिक उत्सवको अवसरमा वीरगंज स्थित माइस्थान मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम वडा प्रहरी कार्यालय विर्ता, सामुदायिक प्रहरी मिनीबजार, सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्सा तथा स्थानीय सनातनी समुदायको सक्रिय सहभागितामा आयोजना गरिएको हो।

सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सम्पन्न सरसफाइ अभियानमा धार्मिक स्थलको स्वच्छता, संरक्षण र सामाजिक उत्तरदायित्वलाई विशेष प्राथमिकता दिइएको थियो। कार्यक्रममा सहभागी सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरूले मन्दिर परिसर तथा वरपरका क्षेत्र सफा गरेका थिए।

कार्यक्रमका क्रममा आयोजकहरूले धार्मिक तथा ऐतिहासिक स्थलहरूको सरसफाइ सबैको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता अभियानले सामाजिक सद्भाव, आपसी सहकार्य र सकारात्मक चेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरे।

यस पुण्य तथा सामाजिक कार्यमा सहयोग पुर्‍याउने सम्पूर्ण सुरक्षाकर्मी र सनातनी श्रद्धालुहरूप्रति हिन्दु योद्धा अमर सराफले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.