मधेशसमाचार

मधेस प्रदेश सभा सदस्य महम्मद समिरद्वारा ५ किलोमिटर कालोपत्रे सडक शिलान्यास

बारा , १६ पौष

मधेस प्रदेश सभा सदस्य मा. महम्मद समिरले आज बारामा ५ किलोमिटर लामो कालोपत्रे सडकको शिलान्यास गरेका छन्। उक्त सडक सितलपुर मठदेखि फुलवरीया, बसतपुर, मट्टीअर्वा र लिलकाणठवा हुँदै जोतपुरसम्म विस्तार हुने छ।

सडक निर्माणका लागि कुल लागत १० करोड ७७ लाख ७ हजार ८६ रुपैयाँ विनियोजन गरिएको छ। यस योजनाबाट सम्बन्धित क्षेत्रका बासिन्दाहरूले सहज आवागमन सुविधा पाउने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य समिरले ग्रामीण क्षेत्रको सडक पूर्वाधार विकासले स्थानीय अर्थतन्त्र, शिक्षा, स्वास्थ्य तथा कृषि उत्पादनको बजार पहुँचमा सकारात्मक प्रभाव पार्ने बताएका छन्। उनले समयमै गुणस्तरीय निर्माण सम्पन्न गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रदेश सभा सदस्य महम्मद समिर बारा निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि हुन्। स्थानीय विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो निर्वाचन क्षेत्रमा आवश्यक पूर्वाधार विकासका योजनाहरू अघि बढाइरहेको स्थानीयवासीहरूको भनाइ छ।

उक्त सडक निर्माण सम्पन्न भएपछि स्थानीयवासीका साथै यात्रुहरूलाई आवागमनमा सहजता हुने विश्वास लिइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button