मधेशसमाचार

समाचार संकलनकै क्रममा पत्रकार चौरसियामाथि आक्रमण

बारा , १७ पौष

बारा जिल्लाको देवताल गाउँपालिका वडा नम्बर–२ गम्हरियामा समाचार संकलनका लागि पुगेका पत्रकार चन्देश्वर प्रसाद चौरसिया (राजु) माथि केही स्थानीय व्यक्तिहरूले दुव्र्यवहार तथा हातपात गरेका छन्।

सार्वजनिक जग्गामा रहेको रुख अवैध रूपमा काटिएको भन्ने सूचनाका आधारमा घटनास्थल पुगेका पत्रकार चौरसियामाथि स्थानीय व्यक्तिहरूको समूहले अचानक आक्रमण गरेको पीडितले बताएका छन्। आक्रमणका क्रममा उनीसँग रहेको मोबाइल फोन र ब्याग समेत जबर्जस्ती खोसिएको थियो।

घटनापछि स्थानीय प्रहरी चौकीको पहलमा करिब एक घन्टापछि मोबाइल र ब्याग फिर्ता गरिए पनि ब्यागभित्र रहेको क्यामरा हराएको पत्रकार चौरसियाले जानकारी दिएका छन्।

यस घटनाप्रति प्रेस जनमत संघ, बारा शाखाले गम्भीर ध्यानाकर्षण जनाउँदै विज्ञप्ति जारी गरेको छ। संघले पत्रकारमाथि भएको दुव्र्यवहार र हातपातको कडा शब्दमा निन्दा गर्दै घटनामा संलग्न दोषीहरूलाई कानुनअनुसार कडा कारबाही गर्न माग गरेको छ।

पत्रकार चौरसियाले समाचार संकलन गर्ने क्रममा आफू माथि भएको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको आघातको रूपमा व्याख्या गर्दै दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button