
हरिकिशोर शर्मा
पर्सा, ०४ जेठ
जिल्ला प्रहरी कार्यालय पर्सा ले लागूऔषध सेवनकर्ता खोजी तथा सुधार महाअभियानअन्तर्गत खैरो हिरोइनसहित दुई युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार शनिबार राति करिब ९ः४० बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–३१ स्थित मिलनचोक–कटगेनवा सडकखण्डमा ना ३९ प २५३२ नम्बरको स्प्लेन्डर मोटरसाइकलमा सवार दुई जनामाथि शंका लागेपछि जाँच गरेको थियो।
जाँचका क्रममा उनीहरूले लगाएको पाइन्टभित्र लुकाइछिपाइ राखिएको प्लास्टिकसहित ८ ग्राम ४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा राहुल सिंह र नन्दन गुप्ता रहेका छन्।
उनीहरूविरुद्ध लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।



