मधेशसमाचार

सोमबार बेलुकादेखि हराइरहेका युवक मंगलबार मृत अवस्थामा फेला 

कलैया , ११ कार्तिक

लोक आस्थाको ठूलो पर्व छठको दिन अर्थात् सोमबार बेलुका देखि हराईरहेका युवक मँगलबार मृत अवस्थामा फेला परेको छ।

मृत अवस्थामा फेला परेका युवक महागढीमाई नगरपालिका ५ बगडमपुर टोल निवासी ध्रुव सहनीका १९ वर्षीय छोरा भोला सहनी रहेको प्रहरीले पुष्टि गरेको छ।

सहनी सोमबार बेलुका घरबाट छठ घाट जान हिडेका थिए। तर रातभरी घर नफर्केको कारण उनको घरपरिवारले खोजतलास सँगै मँगलबार बिहान प्रहरी चौकी गँजभवानीपुरमा खबर समेत गरेका थिए।

प्रहरी चौकीको ईन्चार्ज एवम् प्रहरी नायब निरीक्षक बालराज गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले महागढीमाई नगरपालिका वडा नम्बर ४ र ५ को सिमानामा पर्ने बाँसघारी क्षेत्रमा सहनीका व्यक्तिगत सामानहरू फेला पारेका थिए। भने सहनीको मृत शरीर दहियार टोल निवासी ललन यादवको ठूलो पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।

साथै घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको समेत प्रवक्ता पण्डितले जानकारी दिएका छन्। भने अनुसन्धानको क्रममा रहेको उहाँहरुको पहिचान गोप्य राखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button