खुट्टा हल्लाएर बस्ने सशस्त्रको काम छैन, जनपदमा मर्ज गर्नु पर्ने देखियो: ज्वाला साह

32

नविन चौधरी

 

कलैया , १४ कार्तिक

बारा क्षेत्र नम्बर ३ का निवर्तमान सांसद ज्वाला कुमारी साहले सशस्त्रलाई जनपदमा मर्ज गर्न सुझाव दिएकी छिन् ।

जेनजीको प्रदर्शनमा आन्दोनकारीहरुले आफ्नो घर जलाउन आइरहेको खबर गर्दा सशस्त्र प्रहरी बलका एसपीलाई गुहार गरेपछि प्रधानमन्त्रीको त घर जलाइरहेको छ । तपाईको प्रधानमन्त्रीले त राजिनामा दिइ सक्यो लगायतका कुराहरु गरेकाले आफु जेनजी संगै सशस्त्रबाट पनि पिडित रहेको सुनाउँदै सशस्त्रलाई जनपदमा मर्ज गर्नु पर्ने साहले बताएकी हुन् ।

जिल्ला प्रशासन कार्यालय बारामा आयोजना गरिएको बुधबार सरोकारवालासँगको छलफल कार्यक्रममा आफ्नो दुखेसो पोख्दै आफु जिवित रहुनजेल सम्म सो कुरा बिर्सिन नसक्ने र सशस्त्र प्रहरीलाई निलम्बन गरेर जनपदमा मर्ज गर्नु पर्ने माग हरेक निकायमा उठाइ रहने अडान लिएकी बताइन ।

माननिय दाजु किसान श्रेष्ठको घर जलाइरहँदा आफ्नो घर पनि जलाउँन आउन सक्ने भनेर खबर गर्दा सशस्त्रको एस.पी. के.सी.ले शेर बहादुर देउवा त कुटाइ खाइरहनु भएको छ तपाईंको घरको त के कुरा गर्नु लगायतको प्रतिकृया फकाउँदै कुनै किसिमको चासो नदेखाएका कारण आफ्नो घर जलेको साहले आरोप लगाइन् ।

मेरो घर जलाउन आइसक्यो मलाई मद्दत गर्नुस, मलाई गोली हानिदिनुस, बरु म मर्छु तर घर जलेको हेर्न सक्दिन त्यती साहस म संग छैन भनेर अनुरोध गर्दा पनि खुट्टा हल्लाएर कुर्सीमा बस्ने र बर्ता कुरा नगर्नुस लगायतको प्रतिकृया दिने अधिकारीको कुनै काम छैन भन्दै दुःख व्यक्त गरेकी छिन् ।

 

सम्पादकीय: मिति २०८२/०७/१४ को शुभ आरम्भ राष्ट्रिय दैनिकमा प्रकाशित यस समाचारमा बारा क्षेत्र नम्बर ३ का निवर्तमान सांसद ज्वाला कुमारी साहले आफ्नो घर जलाउन आइरहेको खबर गर्दा सशस्त्र प्रहरी बलका एसपीलाई गुहार गरेपछि प्रधानमन्त्रीको त घर जलाइरहेको छ । तपाईको प्रधानमन्त्रीले त राजिनामा दिइ सक्यो लगायतका कुराहरु गरेकाले आफु जेनजी संगै सशस्त्रबाट पनि पिडित रहेको भनाईमा सशस्त्र प्रहरी बल १२ नम्बर गणको गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीको नाम छोडिएकोमा क्षमाप्रार्थी छौ। साथै सशस्त्र प्रहरीको एसपी भनिएपछि १२ नम्बर गणलाई बुझिएको तर बारा क्षेत्र नम्बर ३ का निवर्तमान सांसद ज्वाला कुमारी साहले सशस्त्र प्रहरी रिजर्व ४० नम्बर गणलाई भनिएको बताएकी छिन।

 

 

Leave A Reply

Your email address will not be published.