मधेशसमाचार

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न

भाग्य नारायण तिवारी

रौतहट , ०८ पौष

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय समनपुर, प्रहरी चौकी चेतनगर तथा अस्थायी प्रहरी पोष्ट जिंगडवा रौतहटको संयुक्त आयोजनामा सोमबार विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

गरुडा नगरपालिका वडा नं. ४, गढीमाई नगरपालिका वडा नं. १, चन्द्रपुर नगरपालिका वडा नं. ९ र परोहा नगरपालिका वडा नं. १ मा आयोजना गरिएको उक्त कार्यक्रममा सम्बन्धित वडाका स्थानीय भद्रभलादमी, जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा आत्महत्या न्युनिकरणका उपाय, बाल यौन दुर्व्यवहारसम्बन्धी कानुनी व्यवस्था र सचेतना, करेन्ट लागी हुने मृत्युबाट बच्ने उपाय तथा ‘अल्पसंख्यकसँग प्रहरी’ कार्यक्रमसम्बन्धी विषयमा जानकारी दिइएको थियो। प्रहरी अधिकारीहरूले यस्ता सामाजिक समस्या न्यूनीकरणका लागि समुदाय र प्रहरीबीचको सहकार्य अपरिहार्य रहेको बताउँदै समयमै सचेतना अपनाउन आग्रह गरेका थिए।

उक्त अवसरमा सहभागीहरूले समाजमा देखिँदै आएका समस्या समाधानका लागि प्रहरी–समुदाय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए। स्थानीय जनप्रतिनिधिहरूले पनि यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश जाने भन्दै निरन्तरताको आवश्यकता औंल्याए।

प्रहरीका अनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत समाजमा शान्ति सुरक्षा मजबुत बनाउने, सामाजिक विकृति र अपराध न्यूनीकरण गर्ने तथा सर्वसाधारणमा कानुनी चेतना अभिवृद्धि गर्ने उद्देश्य लिइएको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button