मधेशसमाचार

वीरगंजबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

वीरगंज, ०५ जेठ

मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईं लाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। भोलिका लागि पर्सामा तय गरिएको अभियानको कार्यक्रमअघि नै उनलाई नियन्त्रणमा लिइएको हो।

प्रसाईं सोमबार पर्सा पुगेका थिए। अभियान अन्तर्गत आज आयोजना हुने भनिएको कार्यक्रममा सहभागी हुन उनी वीरगंज आएको बताइएको छ। तर कार्यक्रमको पूर्वसन्ध्यामै प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि राजनीतिक तथा सामाजिक वृत्तमा यस घटनाले चर्चा पाएको छ।

प्रहरी स्रोतका अनुसार सुरक्षा संवेदनशीलता तथा सम्भावित अवस्था मूल्याङ्कनका आधारमा प्रसाईंलाई नियन्त्रणमा लिइएको हो। यद्यपि पक्राउको स्पष्ट कारणबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

प्रसाईंको पक्राउपछि उनका समर्थकहरूले विरोध जनाएका छन्। वीरगञ्जका केही स्थानमा समर्थकहरूको जमघट देखिएपछि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ। सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ।

पछिल्लो समय दुर्गा प्रसाईं विभिन्न राजनीतिक अभिव्यक्ति र अभियानका कारण चर्चामा रहँदै आएका छन्। उनले देशका विभिन्न जिल्लामा सभा, प्रदर्शन तथा जनभेटघाट कार्यक्रम सञ्चालन गर्दै आएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button