ट्राफिक सहायक हवल्दार बस्नेतको कारणले गन्हायो प्रदेश ट्राफिक कार्यालय पथलैया
शु.आ. सम्बाददाता
कलैया, ०५ साउन
प्रदेश ट्राफिक प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयामा कार्यरत ट्राफिक सहायक हवल्दार नवराज बस्नेतको क्रियाकलापले गन्हाएको छ।
ट्राफिक प्रहरी सहायक हवल्दार नवराज बस्नेतले गर्दा बाराको पथलैया नै आतंकित नै बनेको छ। प्रदेश ट्राफिक प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाको तत्कालीन कार्यालय प्रमुख रहेका प्रहरी उपरीक्षक हेम किरण बोगटीको कार्यालय देखि नै हालसम्म प्रदेश ट्राफिक कार्यालयको लागि असुली गर्ने गरेको जानकारी प्राप्त भएको छ।
ट्रायल प्रहरी सहायक हवल्दार बस्नेत प्रायः गरी बालेनको चश्मा लगाउने गरेकोले उहाँ ट्राफिक बालेन नामले प्रख्यात रहेका छन्।
बालेनको नामले परिचय बनाएका नवराज बस्नेत प्रदेश ट्राफिक कार्यालयको अघोषित घुमुवाको रुपमा कार्यरत रहेका छन्। बस्नेतको सहकार्यमा महेन्द्र राजमार्ग हुदै गुड्ने सवारी साधनलाई भारवहन नियम २०७४’ बमोजिम क्षमताभन्दा बढी सामान बोकेका सवारीलाई जरिवाना गरिनुपर्नेमा जरिवाना नगरी घुस लिएर छाड्ने गरिएको छ।
क्षमता भन्दा बढी सामान बोक्ने सवारीसाधन ट्राफिक प्रहरीको लागि घुस असुल्ने गतिलो माध्यम बनेको छ । त्यसैको फाईदा ट्राफिक प्रहरी बस्नेत अर्थात बालेनले उठाउने गरेका छन्।
पर्साको ड्राइपोर्ट, भन्सार र आईसीपीबाट सामान सहितका भारबहन गाडीले क्षमता भन्दा दोब्बर मात्रै नभएर अझ बढी सामान बोक्ने गरेको र उनीहरूले बारा र पर्साका ट्राफिक प्रहरीलाई मात्रै नभएर पथलैया स्थित मधेश प्रदेश ट्राफिक कार्यालयको नाममा बस्नेत ( बालेन ) ले असुलि गर्ने गरेका श्रोतको दाबी रहेको छ।
यी ठाउँ सँगै महेन्द्र राजमार्गबाट निस्कने मालबाहक गाडीको क्षमता र स्वीकृति बढीमा २७ टन बोक्ने भएपनि ती गाडीले ७५ देखि ८० टन सामान बोक्दै आएका छन् । २१ टन बोक्ने क्षमता भएकाले ५० देखि ५५ टन सामान बोक्दै आएका छन् । यसरी क्षमता भन्दा अत्याधिक सामान बोक्ने गाडीहरूबाट ट्राफिक प्रहरी बस्नेत मोटो रकम लिने गरेका छन्।
यति मात्र नभएर पर्साको बिभिन्न ड्राईपोर्ट , भंसार र आईसीपीबाट बिरगंज कोरीडोरको लागि कच्चा पदार्थ आउने भएकोले बस्नेत ( बालेन ) ले कोरीडोर स्थित त्यस्ता उधोगहरुबाट समेत मासिक उठाउने गरेको श्रोतको दाबी रहेको छ।
त्यति मात्र बस्नेतले मदेश प्रदेशको सम्पुर्ण जिल्ला ट्राफिक कार्यालय र यातायात कार्यालयबाट समेत प्रदेश ट्राफिक कार्यालयको लागि मासिक रकम उठाउने गरेको प्रहरी श्रोतको नै दाबी रहेको छ।
यस विषयमा प्रदेश ट्राफिक प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाको प्रमुख एवम् प्रहरी उपरीक्षक राजकुमार सिलवालसँग कुरा गर्दा ट्राफिक प्रहरीमा घुमुवा भन्ने शब्द हुदैन। तर ट्राफिक प्रहरी सहायक हवल्दारलाई कार्यालयको कामकाज सहित ड्युटीको समेत जिम्मेवारी रहेको छ। कार्यलयको कुनै काम पर्यो भने त्यो कामकाज गर्ने गरेको बताएका छन्।