मधेशसमाचार

सिम्रौनगढमा दुई कटुवा पेस्तोल र पाँच गोलीसहित ५० वर्षीय कुशवाहा पक्राउ

बारा , १३ असोज

बाराको सिम्रौनगढ नगरपालिका–६ सलेमपुरबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्ज निवासी शिल्त महतोका छोरा अन्दाजी ५० वर्षीय जयप्रकाश प्रसाद कुशवाहा रहेका छन्।
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा बीओपी गोलागञ्जबाट परिचालित टोलीले सोमबार सलेमपुर क्षेत्रमा शंकास्पद अवस्थामा रहेका कुशवाहालाई रोकी जाँच गरेको थियो। जाँचका क्रममा उनको साथबाट दुई थान कटुवा पेस्तोल, पाँच थान गोली र हिरो कम्पनीको एक थान मोबाइल बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद हतियार तथा गोलीसहित पक्राउ परेका कुशवाहालाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीले घटनाको पुष्टि गर्दै कुशवाहालाई प्रहरीको जिम्मा लगाइएको जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button