मधेशसमाचार

कलैया–१४ स्थित ओम होटलमा प्रहरीको छापा, तीन जोडी भेटिए

कलैया, ०५ मंसिर

बाराको कलैया उपमहानगरपालिका–१४ स्थित ओम होटलमा अवैध गतिविधि भइरहेको आशंकामा जिल्ला प्रहरी कार्यालय बाराको टोलीले छापा मारेको छ।

प्रहरी टोलीले होटलमा चेकजाँच गर्ने क्रममा तीन जोडी अर्थात् तीन पुरुष र तीन महिला फेला पारेको जनाएको छ। होटलमा शंकास्पद गतिविधि भइरहेको आशंकामा गरिएको जाँचका क्रममा उनीहरू भेटिएको प्रहरीले जनाएको हो।

प्रहरीका अनुसार होटलमा भेटिएका तीनै जोडीलाई आवश्यक सम्झाइबुझाइ गरी त्यहाँबाट पठाइएको छ।

होटल तथा अन्य स्थानमा हुन सक्ने अवैध गतिविधिमाथि निगरानी गर्ने क्रममा प्रहरीले चेकजाँच गरेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button