मधेशसमाचार

ठोरीबाट ५५ किलो गाँजासहित एक जना पक्राउ

बिरगंज, १३ माघ

पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला पर्सा ठोरी गाउँपालिका–४ का ३४ वर्षीय सुरेश श्रेष्ठ रहेका छन्।

ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले लागूऔषध बिक्री, वितरण तथा भण्डारण भइरहेको विशेष सूचनाको आधारमा श्रेष्ठको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा प्लास्टिकसहित पाँच पोकामा ५५ किलो लागूऔषध गाँजा बरामद गरिएको हो।

पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार बरामद गाँजासहित श्रेष्ठलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ। यस सम्बन्धमा पर्सा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button