मधेशसमाचार

लागू औषध गाँजासहित दुई जना पक्राउ

बारा , १७ मंसिर

जिल्ला प्रहरी कार्यालय बाराले लागू औषध गाँजा ओसार–पसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगञ्ज खजानी, बाराबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मंगलबार राती करिब ८:१५ बजे बारा जिल्लाको पचरौता नगरपालिका वडा नं. ३ ब्रह्मस्थान क्षेत्रमा गंगानगरबाट डाटगाउँतर्फ जाँदै गरेको ना ५४ प ६१८६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल शंका लागि जाँच गर्दा १० किलोग्राम लागू औषध गाँजा (दुई पोका) बरामद गरिएको हो। गाँजा मोटरसाइकलमार्फत ओसार–पसार गरिँदै गरेको अवस्थामा फेला परेपछि सवार दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पचरौता नगरपालिका वडा नं. ३ रामनगर निवासी अन्दाजी ३३ वर्षीय राजकुमार कुशवाहा र अन्दाजी २८ वर्षीय पुनदेव पटेल रहेका छन्। बरामद गाँजा र मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे लागू औषध सम्बन्धी कसुर अन्तर्गत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र यससँग सम्बन्धित थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button