मधेशसमाचार

पानीको अभावमा जनता त्राहिमाम त्राहिमाम कराउदै, तीन तहका सरकार मुखदर्शक : युवा नेता दुबे

पानीको अभावमा जनता त्राहिमाम त्राहिमाम कराउदै, तीन तहका सरकार मुखदर्शक : युवा नेता दुबे

 

शु.आ. सम्बाददाता

 

बारा, ८ साउन

 

जनताको मतबाट निर्वाचित तीन तहको सरकार जनताकै मर्म र भावना सङ्ग खेलवाड गरिरहेको युवा नेता दुबेको आरोप छ । जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउपालिका अध्यक्षको उम्मेदवार युवा नेता उमेश दुबेले शुभ आरम्भ रास्ट्रिय दैनिक पत्रीका सङ्ग कुरा गर्दै जनताको एकाधिकार मतबाट निर्वाचित भएका तिन तहकै सरकारले जनताको मर्म र भावना सङ्ग खेलवाड गरेको आरोप लगाएका हुन ।

 

जनताको हरेक सुख दुखमा साथ दिने वाचा सहित निर्वाचित भएका जनप्रतिनिधिहरू हालको समयमा पानीको अभावका कारण त्राहिमाम त्राहिमाम गरिरहेको अवस्थामा अधिकान्स क्षेत्र, गाउ, टोलमा मुख समेत हेराउन छोडेको आरोप दुबेले लगाए । उनका अनुसार फेटा गाउपालिकाको ७ वटै वडा लगायत विभिन्न क्षेत्र, गाउपालिका लगायतका ठाउहरूमा पानीको अभाव बढ्दै गएतापनि समस्या निराकरणको साट्टो झन जटिल बन्दै गएको अवस्थामा जनप्रतिनिधिहरू मुख समेत नहेराउनु लाजस्पद कुरो रहेको औलाउनु भयो ।

 

पानीको अभाव चारै तिर छ, उनले भने । निर्वाचित बिधायक, सान्सद, मेयरहरूले समेत पानीको अभाव भएको जानकार हुदा हुँदै कानमा तेल हालेर बसेको बाहेक केही गर्न नसकेको आरोप युवा नेता दुबेले लगाए । उनका अनुसार डिप बोरिङ्गको लागि खानेपानी मन्त्रालय रकम छुट्याएपनी आ-आफ्नै पार्टीका नेता कार्यकर्ताको घरको अगाडी जडान गरियो । जहाँ नेता कार्यकर्ता छैन त्याहा वास्ता समेत देखाइएन भन्दै आक्रोश ब्यक्त गर्नुभयो ।

 

यता फेटा गाउपालिका वडा नम्बर ७ कुकुरभुका निवासी जलन्धर नामक ब्यक्तिका अनुसार बढ्दै गएको गर्मियाम सङ्गै पानी अभावको समस्या झन जटिल बन्दै गएको बताउनु भयो । चापाकल सुख्न थाल्यो, पानीको अभाव थपिदै गयो तर नेताहरू मुखदर्शक बाहेक केही गर्न नसकेको बताउनु भयो । उनका अनुसार टोल टोलमा समस्या थपिदै गयो, तर निराकरण गर्ने निकाय ध्यान नै नदिएको दुखेसो पोख्नु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button