मधेशसमाचार

धोबिनीमा रास्वपा सांसद अमरेश सिंहको पहिलो आगमन, सभापति पटेलद्वारा स्वागत

राजन कुमार बानियाँ

पर्सा, २० असोज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंह पहिलोपटक पर्साको धोबिनी गाउँपालिका पुगेका छन्। उनको आगमनका क्रममा रास्वपा धोबिनी गाउँपालिका सभापति सुदिल पटेलसहित स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका छन्।
धोबिनी गाउँपालिका–४ स्थित लङ्गडी चौकमा आयोजित स्वागत कार्यक्रममा सभापति पटेलले सांसद सिंहलाई स्वागत गर्दै गाउँपालिकामा रास्वपाको राजनीतिक गतिविधि पछिल्लो समय थप सक्रिय र संगठित हुँदै गएको बताए।
सांसद सिंहको पहिलो धोबिनी आगमनलाई स्थानीय रास्वपा नेता तथा कार्यकर्ताले महत्वपूर्ण राजनीतिक भेटघाटका रूपमा लिएका छन्। सो अवसरमा स्थानीय समस्या, जनताको अपेक्षा तथा आगामी राजनीतिक गतिविधिका विषयमा छलफलसमेत भएको बताइएको छ।
सभापति पटेलले धोबिनीका जनताको आवाजलाई प्राथमिकतामा राखेर आगामी दिनमा संगठन विस्तार, जनसम्पर्क तथा जनमुखी गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
सांसद सिंहको आगमनसँगै धोबिनी गाउँपालिकामा रास्वपाको राजनीतिक सक्रियता थप बढ्ने स्थानीय नेता–कार्यकर्ताको अपेक्षा छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button