अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बारा जिल्लाको दोस्रो जिल्ला भेलाबाट ८५ सदस्यीय समिति चयन

18

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बारा जिल्लाको दोस्रो जिल्ला भेलाबाट ८५ सदस्यीय समिति चयन

 

बारा , २९ साउन

 

अखिल नेपाल महिला सँघ (क्रान्तिकारी) बारा जिल्लाको दोस्रो जिल्ला भेला बुधबार उधोग वाणिज्य संघ बाराको सभाहलमा सम्पन्न भएको छ। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बारा जिल्ला अध्यक्ष शोभा कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ प्रमुख अतिथि रहेका थिए।

 

भने उक्त भेलाबाट क. धनमाया लामा घलानलाई संयोजक, मिना सिंहलाई सह–संयोजक र पार्वती फौजदारलाई सचिवको जिम्मेवारी दिँदै ८५ सदस्यीय जिल्ला समिति चयन गरिएको छ।

 

भेलामा प्रदेश सदस्य प्रभु यादव, रबिराज डङ्गाल, कलैया उपमहानगरपालिका अध्यक्ष मुकेश साह, मधेसी मुक्ति मोर्चा जिल्ला अध्यक्ष उमेश यादव, सिमरा जितपुर उपमहानगरपालिका प्रमुख राजन पौडेल, प्रेस सेन्टरका केन्द्रीय सदस्य रामबाबु मेहता, सेन्टर मधेस प्रदेशका सह–सचिव रन्जित पाण्डे , प्रदेश सदस्य महेन्द्र सहनी लगायतको उपस्थिति थियो।

Leave A Reply

Your email address will not be published.