मधेशसमाचार

सिम्रौनगढ नगरपालिकामा कामकाज गर्ने वातावरण नरहेको लेखापाल पटेल पालिका छाड्दै 

सिम्रौनगढ नगरपालिकामा कामकाज गर्ने वातावरण नरहेको लेखापाल पटेल पालिका छाड्दै

 

 

शु.आ. सम्बाददाता

 

कलैया , २९ साउन

 

बाराको सिम्रौनगढ नगरपालिकामा दोस्रो कार्यकालको किशोरी प्रसाद कलवार निर्वाचित भएदेखि नै नगरपालिका अस्तव्यस्त बनेको छ। सिम्रौनगढ नगरपालिकामा कहिले कर्मचारीहरुको विवाद र कहिले जनप्रतिनिधिहरुको बिवाद रहि आएको सर्वविदितै छ।

 

सोहि क्रममा जनप्रतिनिधिहरु सहित कर्मचारीहरुको बिवादमा करिब डेढ बर्ष पहिला प्रमुख प्रशासकीय अधिकृत हाजिर हुने क्रममा एक जना स्थानियको प्रहरीको गोलि लागी मृत्यु समेत भईसकेको छ। त्यसपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कमिशन लिईरहेको अवस्था नै पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो। बिशेष अदालतमाबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत साह दोषी समेत ठहर भईसकेका छन्।

 

निमित्त प्रमुख प्रशासकीय अधिकृत साह हाजिर भएको समयमा हरिओम प्रसाद जयसवालले सामान्य प्रशासन मन्त्रालयबाट जेष्ठता आधारमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको पत्र लिएर आएका थिए। उक्त समय नगरप्रमुख कलवारले नगरपालिकाको पत्र र आफ्नो हस्ताक्षर किर्ते गरेको भनि प्रेस विज्ञप्ति नै जारी गरेको अवस्था छ। तर निमित्त प्रमुख प्रशासकीय अधिकृत साह निलम्बनमा परेपछि नगरप्रमुख कलवार जयसवाललाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएका थिए।

 

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जयसवालले आफुलाई कुटपिट गरी जुताले हालेको बिषयमा जिल्ला प्रशासन सहित जिल्ला प्रहरी कार्यालय बारामा समेत उजुरी परेको घटना समेत सिम्रौनगढ नगरपालिकाको नै रहेको छ। त्यस्तै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जयसवालले प्रशासन शाखाको प्रमुख माथि हातपात गरेको घटना रहेको छ। भने बिगत आषाढको ८ गते चालु आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत भएपनि हाल केहि दिन उपप्रमुख नजमु शेहरले नगरप्रमुखले एकलौटी रुपमा नगरपालिका सँचालन गर्दै भ्रष्टाचार गर्ने गरेको पत्रकार सम्मेलन गरी नै आरोप लगाएकी छिन्। भने नगरपालिकामा कार्यरत लेखा प्रमुख श्याम पटेल पनि सिम्रौनगढ नगरपालिकामा कामकाज गर्ने वातावरण नभएको भन्दै कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका सरुवाको माग गरेका छन्।

 

पटेलले सिम्रौनगढ नगरपालिकामा कामकाज गर्नुको मतलब आफ्नो जागिर धरापमा पार्नु भनि आफ्नो जागिरको लागि पनि अन्यत्र सरुवा गरी दिन माग गरेका छन्। आफु सरुवा भएपनि बिगत आर्थिक बर्षको हिसाब मिलान गर्ने प्रतिबद्धता सहित सरुवा माग गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button