मधेशसमाचार

बाढीमा ज्यान गुमाएकाको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

सिकिन्द्र साह
बारा , २२ भदौ
 भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा बाराको सिम्रौनगढमा दीप प्रज्वलन गरिएको छ।
बाढीबाट ठूलो मानवीय क्षति भएपछि शोकमा रहेका परिवार तथा आफन्तप्रति ऐक्यबद्धता जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट युवाहरूले सिम्रौनगढ नगरपालिकामा दीप प्रज्वलन गरेका हुन्।
दीप प्रज्वलन कार्यक्रममा सहभागी युवाहरूले बाढीमा ज्यान गुमाएका दाजुभाइ, दिदीबहिनी तथा बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरे। उनीहरूले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामनासमेत गरेका थिए।
कार्यक्रमबारे रास्वपा बारा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति रजनिस कुशवाहा र सिम्रौनगढ नगर अध्यक्ष राजु कुमार गुप्ताले जानकारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button