
पर्सा, २८ कार्तिक
विशेष सूचनाको आधारमा प्रहरीले ९ केजी ३८० ग्राम गाँजासहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको सूचना संकलन तथा विश्लेषण शाखाका अनुसार, मिति २०८२ साल कार्तिक २६ गते राति करिब १२:०० बजे पर्सागढी नगरपालिका–९ स्थित डेढवा पेट्रोलपम्प नजिकैको सडकखण्डमा प्रहरी चौकी मैनियाटाबाट खटिएको टोलीले चेकजाँचका क्रममा ती व्यक्तिहरूलाई पक्राउ गरेको हो।
तीनै जना भारततर्फ जान लागेको संदेहमा रोकी खानतलासी गर्दा उनीहरूको साथबाट प्लास्टिकमा बेरिएको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बिदपुर गाउँ, वैशाली जिल्ला बिहार बस्ने बर्ष २३ को राजा कुमार साथमा ३ केजी १९० ग्राम लागि औषध गाँजा , माआकल पंचायत, वैशाली बिहार बस्ने बर्ष २३ को विशाल कुमारको साथमा ३ केजी २५० ग्राम लागि औषध गाँजा र सोनपुर गाउँपालिका–३, छपरा, बिहार बस्ने बर्ष २४ को पिन्टु कुमारको साथमा ३ केजी ३०० ग्राम लागु औषध गाँजा रहेको प्रहरीले जानकारी दिएको छ।
बरामद गरिएको गाँजाको जम्मा तौल ९ केजी ३८० ग्राम रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानपछि लागुऔषध (नियन्त्रण) ऐन अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत पर्साबाट ८ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।



