मधेशसमाचार

अरुवा खोलाको बाँध हुँदै रातारात तस्करी मौलाइयो, सुरक्षाकर्मीको मिलेमतोको आरोप

अरुवा खोलाको बाँध हुँदै रातारात तस्करी मौलाइयो, सुरक्षाकर्मीको मिलेमतोको आरोप

शु.आ. समाचारदाता

बारा , ०३ मँसिर

बारा रौतहटको सीमा क्षेत्रमा पर्ने अरुवा खोला बाँध हुँदै राति नै विभिन्न प्रकारका सामानहरूको ब्यापक तस्करी भइरहेको स्थानीयले बताएका छन्। विशेषगरी भारतीय पक्षबाट सञ्चालित तस्करीमा कुख्यात भारतीय तस्कर श्यामसुन्दर कुश्वाहाको नाम जोडिँदै आएको छ।

स्थानीयका अनुसार कुश्वाहाले भारतको आन्ध्रप्रदेशबाट राति २ पिकअप माछा मगाई जङ्गे पिलर–३५६ नजिकै झरोखर पञ्चायत स्थित पिठवा टोलमा रहेको आफ्नो घर नजिकैका आँपका बगैंचामा थुपारेर राख्ने गरेका छन्। ती माछाहरू ठूलो प्लास्टिकले छोपेर राखिएको र त्यहीँबाट रातारात नेपाल तर्फ ढुवानी हुने गरेको स्थानीयको दाबी छ।

सो अवस्थाबारे स्थानीयवासीले सशस्त्र प्रहरी बलका स्थानीय प्रमुखलाई जानकारी गराए पनि दिउँसो करिब १३:०० बजेतिर तीन मोटरसाइकल मार्फत माछा पठाइएको स्रोतले जनाएको छ। “जानकारी दिइएका बावजूद पनि तस्करहरूले जथाभावी सामान पठाइरहेका छन्, सुरक्षाकर्मीको मिलेमतो नभई यस्तो सम्भव नै हुँदैन,” एक स्थानीय व्यापारीले आरोप लगाएका छन्।

यही नाकाबाट अहिले कपडा, सुर्तीजन्य पदार्थ, हार्डवेयर, किराना सामग्री सहितका सामानहरू अरुवा खोलाको डिल हुँदै नेपाल भित्रिने गरेको पाइएको छ। राति र बिहानका समय दर्जनौं मोटरसाइकलमा तस्करी गरिएका सामानहरू मौलापुर, कटहरिया, विजयपुर, हरनहिया, सिम्रौनगढ, कोल्भी, बरियारपुर लगायतका बजारमा सुरक्षाकर्मीकै स्कटिङमा पुर्‍याइने गरेको स्थानीयको भनाइ छ।

यस विषयमा प्रशासनबाट औपचारिक प्रतिक्रिया आइसकेको छैन तर स्थानीय बासिन्दाले सीमामा तैनाथ सुरक्षाकर्मीहरूको संलग्नता र उदासीनताले तस्करी झनै प्रचलित बन्दै गएको गुनासो पोखिरहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button