फेटा गाउपालिकाको कृषी क्षेत्रमा भ्रष्टाचार कायमै, १४ सय ८० मा पाउनु पर्ने गेहुको बीउ २३ सयमा बितरण

77

बारा, ३ मंसिर

फेटा गाउपालिकाको कृषि क्षेत्रमा पनि भ्रष्टाचार कायमै रहेको खुलेको छ । भ्रष्टाचार बिरूध जेनजी आन्दोलनले मुलूकमा ठूलो परिवर्तन ल्याएपनी फेटा गाउपालिकामा भ्रष्टाचार कायमै रहेको देखा परेको हो ।

आफु निस्वार्थ भावनाले समाजसेवामा लागेको ठूलो भासणबाजी गर्दै आएका मेयर रूस्तम अन्सारीको दोधारो नीति बारे कृष्कका लागि ५० प्रतिशत छुट भनिएको गेहुको बिउमा समेत भ्रष्टाचार बढेको पाइन्छ । कृषि क्षेत्र अर्थात किसानका लागि ५० प्रतिशत अनुदान भनिएको गेहुको बीउ १४ सय ८० रूपैयामा दिइनु पर्ने ठाउमा २३ सयको दरले कृष्कलाइ प्रदान गर्दै आएको रहस्य बाहिरिएको हो ।

स्थानीय तह निर्वाचनको समयमा शिक्षा, स्वास्थय र कृषि क्षेत्रलाई बिकसित गर्ने, सुधार गर्ने, प्रगती गर्ने ठुला ठुला भासण गरेर निर्वाचित भएका मेयर रूस्तम अन्सारीले यी तिनवटै क्षेत्रलाइ कमाइ खाने थल्लोको रूपमा रूपान्तरण गरेको पाइन्छ । शिक्षा, स्वास्थय सङ्गै कृषि क्षेत्रलाई समेत कमाइ खाने थल्लो बनाएको बारे यो कुनै नौलो कुरो नभएको कृष्कहरूनै बताउछन । कहिले म्याद गुज्रिएको औषधी बितरण त कहिले अनुदानमा भनिएको गेहु बिउको नाममा ब्रम्हलूट नै मचाएको बताइन्छ ।

फेटा गाउपालिका कृषि शाखाका प्रमुख कृष्ण गुप्ताको मिलोमतो र सहकार्यमा नै मेयर अन्सारी ब्रम्हलूट मचाएको पाइन्छ । ५० प्रतिशत अनुदान अर्थात १४ सय ८० मा पाउनु पर्ने गेहुको बीउ २३ सयको दरले प्रदान गर्ने गरेको कारण भ्रष्टाचार भएको कृष्कहरू आरोप लगाउछन । स्थानीय कृष्कका अनुसार २०७४ को निर्वाचन र २०७९ को निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरू कृषि क्षेत्रका लागि अनुदानको नाममा ब्रम्हलूट गर्ने लूटेराहरूलाइ नै निर्वाचित गराएकोले अब हुने २०८४ मा तेश्रो बिकल्प खोज्न बाध्य भएको बताए ।

मुलूकलाई कृषि प्रधान देश मानिएपनी मुलूकका ठेकेदारहरू कृषि क्षेत्रलाइ नै कमाइ खाने थल्लो बनाएको स्थानीयहरू बताउछन । स्थानीय तहको निर्वाचनदेखि तीन तहकै निर्वाचनमा निर्वाचित जनप्रतिनिधि लगायत बिधायक, सान्सदहरू सोझा साझा नेपाली जनतालाइ झुक्याउदै निर्वाचित हुने गरेको तर निर्वाचित गराउने नेपाली नागरिकलाइ नै अवहेलना गर्ने गरेको आरोप स्थानीय कृष्कहरू बताउछन ।

Leave A Reply

Your email address will not be published.