निलम्बित हाकिमको निर्देशनमा लेखा प्रमुख प्रजापति र करारको ईन्जिनियरहरु धमाधम कमिशन उठाउदै
शु.आ. सम्बाददाता
कलैया, १० आषाढ
पूर्वाधार विकास कार्यालय बारा भित्र एकपछि अर्को अनियमितता खुल्दै गइरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि निलम्बनमा परेका तत्कालीन कार्यालय प्रमुख राजेन्द्र साह अझैसम्म अघोषित रुपमा कार्यालय सँचालन गर्दै आएका छन्। साहलाई अघोषित रुपमा कार्यालय सँचालन गर्न लेखा प्रमुख मुकेश प्रजापति र उनकै नातामा पर्ने दुई भाई करारको ईन्जिनियर दिपेन्द्र साह र राजेश साह सहयोग गर्ने गरेको दाबी रहेको छ।
साथै निलम्बित साह हालसम्म पनि कार्यालयकै मोबाइल नम्बर प्रयोग गरी ठेकदारहरुबाट कमिशन माग गर्ने गरेको र योजनाबाट कमिसन लेखा प्रमुख प्रजापति र नातामा पर्ने भाई ईन्जिनियर द्वयहरुबाट असुलिरहेको रहस्य खुलेको छ ।
कार्यालयको नाममा दर्ता गरिएको ९८५५०४९५४१ र ९८५५०४९२४३ नम्बरको सिमकार्ड हालसम्म पनि साहकै कब्जामा रहेको खुलेको छ ।यही नम्बरमार्फत उनी बारामा सञ्चालित १ सय ७७ वटा योजनाका उपभोक्ता समिति र ठेकेदारहरूसँग सिधा सम्पर्क गर्दै कमिसनको बार्गेनिङ गर्दै आएको कार्यालय स्रोतको दाबी छ । र कार्यालय स्रोतको अनुसार भुक्तानी गर्न लेखा प्रमुख प्रजापति र साईटमा गई दुबै करारका ईन्जिनियर द्वयले कमिशन उठाउने गरेका छन्।
निलम्बनमा परे पनि साहको पुरानै शैलिमा लेखा प्रमुख प्रजापति र दुबै ईन्जिनियर द्वय साहले “कामको गुणस्तर जेसुकै भए पनि भुक्तानी लिनु, कमीशन बुझाउनु र चुप लाग्नु” भन्ने संकेत बाटै धमाधम गुणस्तरहिन बिकास हुने गरेको छ।
यसरी सरकारले करोडौं रुपैयाँ लगानी गरेर सञ्चालन गरिरहेको योजनामा निलम्बनमा परेका हाकिम निर्देशनमा खुलेआम आर्थिक अनियमितता भैरहेको छ ।