छिनछिनमा बत्ति जाने समस्याले सम्पुर्ण बाराबासीको जनजीवन प्रभावित

25

छिनछिनमा बत्ति जाने समस्याले सम्पुर्ण बाराबासीको जनजीवन प्रभावित

 

शु.आ. सम्बाददाता

 

कलैया , ०७ साउन

 

कलैया,विद्युत प्राधिकरणको अघोषित लोडसेडिङ्गका कारण बाराको सदरमुकाम कलैया सहित सिँगो जिल्ला बासीको जनजीवन प्रभावित बनेको छ । चर्को गर्मीमा दिनहुँ जसो पटकपटक लाईन काटिने र कहिलेकाँही लामो समयसम्म पनि नआउने समस्याले सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ ।

 

चर्को गर्मी र घामले सर्वसधारणलाई अतिआवश्यक काम बाहेक घरबाट निस्कन कठिन भईसकेको समयमा कलैया बिधुत प्राधिकरणको अघोषित लोडसेडिङ तथा पटक पटक लाईन काटिनेले झन सर्वसधारणलाई मर्का परेको छ।

 

बारम्बार लाईन काटिँदा उपभोक्तालाई समस्या हुने गरेको कलैया उपमहानगरपालिका वडा नं १४ बस्ने भरत जयसवालले बताएका छन्।बिहान, बेलुका र दिउँसो पनि अनियमित तरिकाले लाईन काटिने गरेकोले धेरै खालका समस्या बेहोर्नुपरेको उहाँको गुनासो छ ।

 

पानी नपरेकोमा किसानहरु सहित कलैया सहित अन्य भागमा खानेपानी समस्या भईरहेको समयमा विद्युत अनियमितताले निकै नै समस्या हुने गरेको समेत उहाँले बताएका छन्।

 

छिनछिनमा लाईन आउने र जाने समस्याले गर्दा घरमा जडान गरिएको टेलिभिजन, फ्रिज लगायतका विधुतीय सामग्रीमा समेत क्षति पुग्ने गरेको र विधुत अवरोधका कारण सर्बसाधारणलाई उठिबासको समस्यासँगै खेतमा लगाईएको धानबाली समेत सुक्न थालेको छ।

 

यसरी पटक पटक लाईन भएकोले सोमबार अबेर राति कलैया उपमहानगरपालिका वडा नं ४ को पुर्व वडा अध्यक्ष जटा शंकर सहनीको नेतृत्वमा युवाहरु कलैया बिधुत प्राधिकरणको गेटमा नै नाराबाजी गरेका छन्। साथै लाईनमा सुधार नभए जनकारवाही समेत गर्ने धम्की दिएका छन्। तर पनि पटक पटक लाईन काटिने र अघोषित लोडसेडिङ कम नभएको स्थानीयहरु बताएका छन्।

Leave A Reply

Your email address will not be published.