ट्राफिक प्रहरी आफ्नो जिम्मेवारी भन्दा बढि कमाई गर्ने तर्फ अग्रसर
शु.आ. सम्बाददाता
कलैया, २० साउन
दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको मुख्य जिम्मेवारीमा रहेको ट्राफिक प्रहरी कार्यालय निजगढ बारा आफ्नो जिम्मेवारी भन्दा बढि कमाई गर्ने तर्फ अग्रसर भएको रहस्य बाहिर आएको छ ।
ट्राफिक प्रहरी कार्यालय निजगढ बारामा ईन्चार्जको रुपमा जोकोही पनि हाजिर भएपनि उहाँहरुको मुख्यतः कमाई गर्ने तर्फ नै ध्यानकेन्द्रित हुने गरेको छ। त्यसमा ट्राफिक प्रहरी निरीक्षक दिपक केसी पनि अछुतो रहेका छैनन्।
ट्राफिक प्रहरी निरीक्षक केसी यातायात ब्यबस्था कार्यालय कलैया लगायत अस्थायी ट्राफिक पोष्टहरुबाट मासिक रुपमा आफ्नो भाग उठाउने गरेको श्रोतको दाबी रहेको छ। आफ्नो भाग उठाउन ट्राफिक प्रहरी केसी यातायात ब्यबस्था कार्यालय कलैया सहित ट्राफिक प्रहरी युनिटहरुलाई समेत कडा निर्देशन दिएको आरोप रहेको छ।
ट्राफिक प्रहरी निरीक्षक केसीको कडा निर्देशन भएपछि यातायात ब्यबस्था कार्यालय कलैयाबाट सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा र प्रयोगात्मक परीक्षामा अनियमितता समेत ट्राफिक प्रहरी नायब निरीक्षक किरण कार्कीले गर्ने गरेका छन्। जसको फलस्वरूप यातायात ब्यबस्था कार्यालय कलैयाबाट सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षामा फेल भएका आवेदकलाई समेत पास गराउने गरीएको छ। अर्थात् ट्राफिक प्रहरी नायब निरीक्षक कार्किको सहयोगमा ट्रायल सेन्टर कलैयामा खुल्लेआम रुपमा नै सवारी चालक अनुमतिपत्रको खरिद बिक्री हुने गरेको पाइन्छ।
यसरी खरिद बिक्रीबाट उठाईएको रकमबाट जिल्ला ट्राफिक प्रहरी कार्यालयको ईन्चार्ज प्रहरी निरीक्षक केसीको भागमा २५ प्रतिशत रकम जाने गरेको यातायात ब्यबस्था कार्यालय कलैया श्रोतको दाबी रहेको छ।
त्यस्तै ट्राफिक प्रहरी निरीक्षक केसीले जिल्ला भरीका ट्राफिक युनिटहरुलाई समेत आफ्नो भाग मासिक रुपमा पठाउन निर्देशन दिएका छन्। जसको फलस्वरूप जिल्ला भरीको ट्राफिक प्रहरी युनिटहरुले ट्राफिक चेकजाँचको नाममा सर्बसाधारण दुःख दिने गरेको सजिलै देख्न सकिन्छ। ट्राफिक प्रहरी युनिटहरुले जिल्ला ट्राफिक कार्यालय निजगढमा मासिक रकम बुझाउनुपर्ने भएकोले चेकजाँचको बहाना सर्बसाधारणलाई दुःख दुई बिभिन्न बहाना सहित रकम असुली गर्नुको साथै मालवाहक सवारी साधनहरु सहित भारतीय गाडीहरुबाट असुली गर्ने गरेको जानकारी प्रहरी श्रोतको नै रहेको छ।
यस बिषयमा बिभिन्न समयमा ट्राफिक प्रहरी निरीक्षक दिपक केसीसँग सम्पर्क गर्दा यातायात ब्यबस्था कार्यालय कलैयाको ट्रायल सेन्टरमा ट्राफिक प्रहरी लिखित र प्रयोगात्मक परीक्षामा मात्र सहभागी हुने गरेको बताएका छन्। ट्राफिक प्रहरीको काम मात्र लिखित र प्रयोगात्मक रहेकोले यदि त्यस्तो भएको प्रमाण भेटिए कार्वाही गर्ने वा कार्वाहीको लागि सिफारिस गर्ने बताएका छन्। भन्ने अन्य समयमा ब्यस्त रहेको भन्दै पन्छिन खोजेका छन्।