श्रीकृष्ण जन्माष्टमीको अवसरमा बारा सहित देशभर विभिन्न कार्यक्रम गरी मनाईयो

12

श्रीकृष्ण जन्माष्टमीको अवसरमा बारा सहित देशभर विभिन्न कार्यक्रम गरी मनाईयो

 

शु.आ. सम्बाददाता

 

कलैया, ०१ भाद्र

 

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा शनिबार बारा सहित देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ। भने कृष्ण मन्दिरहरुमा शनिबार बिहानैदेखि प्रवचन सहित पुजापाठ गरीएको छ।

 

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाईने गरीन्छ। सोहि अनुसार यस बर्षको श्री कृष्ण जन्माष्टमी शनिबार मनाईएको छ।

 

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं गर्भका रुपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रहरूमा उल्लेख छ ।

 

कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप श्री कृष्ण जन्माष्टमी पर्व शनिबार धुमधामका साथ मनाईएको छ।

 

साथै कौरव र पाण्डवका बीच कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भागवत गीता रहेको छ ।

 

श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रुपमा समेत मनाउने गरिन्छ । श्री कृष्ण जन्माष्टमीका दिन बिशेष गरी महिलाहरुले ब्रत बसी राती १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पुजा पाठ गरी रातभर जाग्राम बसी श्रीकृष्णको भक्ति सङ्गीत गाउने गरेका छन्।

Leave A Reply

Your email address will not be published.