मटिअर्वा चौकीबाट तस्करी नियन्त्रण : कपडा र रेडबुल सहित समान बरामद

26

बाराः २४ कार्तिक

मधेश प्रदेश अन्तर्गत बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वा नहर चौकमा प्रहरीद्वारा भन्सार छलीका सामान नियन्त्रण गरिएको छ।

आईतबार राति करिब ९ बजे प्रहरी बरिष्ठ नायब निरीक्षक सन्तोष खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले मटिअर्वाबाट कलैया तर्फ जाँदै गरेको एउटा सवारीसाधन चेकजाँच गर्ने क्रममा भन्सार छलीका सामान फेला पारेको हो।

नव नियुक्त चौकी इन्चार्ज खड्का मटिअर्वा चौकीमा हाजिर भएको दुई दिनमै तस्करी नियन्त्रण अभियानमा सक्रिय भई तस्करहरूको निन्द्रा हराम गर्न सफल भएको स्थानीयहरूले बताएका छन्।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सामानहरू यस प्रकार छन्ः कुर्ता सुरूवाल – १३ पिस (मूल्य रु. ४५ हजार ५०० र रेडबुल – ९० पिस (मूल्य रु. १२ हजार ६०० गरी जम्मा अनुमानित मूल्य रु. ५८,१०० बराबरका यी सामानहरू नियन्त्रणमा लिई हाल जिल्ला प्रहरी कार्यालय बाराबाट भँसार कार्यालय बिरगंज पठाउने तयारी भईरहेको निमित्त प्रहरी प्रबक्ता एवम् प्रहरी निरीक्षक खेम नेपालले जानकारी गराएका छन्।

स्थानीयवासीहरूले सीमाक्षेत्रमा भइरहेको तस्करी नियन्त्रणका लागि प्रहरीको सक्रियता सराहनीय रहेको बताएका छन्।

Leave A Reply

Your email address will not be published.