मधेशसमाचार

सांसद यादवका निपुण मधेशका लागि शिक्षा सुधार अभियानको प्रभाव बढ्दै

मेवालाल यादव

जनकपुरधाम , ११ कार्तिक

मधेश प्रदेशका समाजसेवी तथा प्रदेश सांसद रामअशिष यादवले शिक्षामा सुधार र समान पहुँचको अभियानलाई प्राथमिकता दिएका छन्। ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा पूर्वाधार सुधारदेखि दलित तथा विपन्न बालबालिकाका लागि “इजोत निःशुल्क ट्युसन सेन्टर” स्थापना गरी गुणस्तरीय शिक्षाको वातावरण सिर्जना गरेका छन्।

सांसद यादवले विद्यालयमा स्वास्थ्य शिविर, शिक्षक प्रशिक्षण, क्लिन एण्ड ग्रीन विद्यालय अभियान जस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएका छन्। उनीका अनुसार, “शिक्षा नै समृद्धिको ढोका हो, जबसम्म प्रत्येक बालबालिकाले राम्रो शिक्षा पाउँदैन, समाज अगाडि बढ्न सक्दैन।”

स्थानीय अभिभावक र शिक्षाविद्हरूले यादवको यस पहलको उच्च प्रशंसा गर्दै भनेका छन्— यस्तो अभियानले शैक्षिक असमानता घटाउने र दलित समुदायका बालबालिकाको भविष्य उज्यालो बनाउने विश्वास जगाएको छ।

उनले सुरु गरेको “हेल्दी स्कुल अभियान” मार्फत विद्यालयको सरसफाइ, हरियाली, शुद्ध पिउने पानी, पुस्तकालय, प्रयोगशाला र बालमैत्री शौचालयको व्यवस्था गर्दै विद्यालयलाई आधुनिक र सुरक्षित बनाउने प्रयास भइरहेको छ। सांसद यादवका अनुसार, “शिक्षा नै समृद्धिको प्रवेशद्वार हो। जबसम्म प्रत्येक बालबालिकाले गुणस्तरीय शिक्षा पाउँदैन, तबसम्म समाजको वास्तविक विकास सम्भव हुँदैन।”

उनको यो निरन्तर प्रयासले जनकपुरधाम धनुषा निर्वाचन क्षेत्र -२ मात्र होइन, सम्पूर्ण मधेश प्रदेशलाई शैक्षिक र सामाजिक रूपान्तरणको नयाँ दिशातर्फ उन्मुख गराएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button