मधेशसमाचार

बारामा २ हजार ९४२ पिस लागुऔषध बरामद, तस्कर फरार

कलैया, ०५ साउन

बाराको कलैया उपमहानगरपालिका–१० स्थित शनिश्चरे मठ सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापाको कमाण्डमा खटिएको टोलीले शनिबार बिहान करिब १०ः४० बजे गस्तीका क्रममा एक व्यक्तिलाई शंकास्पद अवस्थामा देखेपछि पछ्याएको थियो। प्रहरी टोलीलाई देख्नासाथ ती व्यक्ति साइकल र बोरा छाडेर फरार भएका थिए।
त्यसपछि प्रहरीले बेवारिसे अवस्थामा रहेको प्लास्टिकको बोरा खानतलासी गर्दा टपजेसिक (Topgesic) ९८२ पिस र डायजेपाम इन्जेक्सन (Diazepam Injection IP) १ हजार ९६० पिस गरी जम्मा २ हजार ९४२ पिस लागुऔषध बरामद गरेको जनाएको छ।
बरामद गरिएको लागुऔषध आवश्यक कानुनी कारबाहीका लागि सशस्त्र प्रहरीको जिम्मामा राखिएको छ। फरार व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button