मधेशसमाचार

मटीअर्वा छोटी भन्सारका प्रमुखको घुसकान्ड बाहिरियो, नसुध्रीए कडा आन्दोलनमा उत्रिने युवा नेता दुबेको चेतावनी

बारा, २९ असार
बाराको प्रमुख नाका भनेर चिनिने मटिअर्वा छोटी भन्सार प्रमुखको घुसकान्ड बाहिरिन साथ युवा नेता दुबेले कडा कदम चालिने बताउनु भएको छ । मटिअर्वा छोटी भन्सारका प्रमुख शिवचन्द्र प्रसादले शुक्रवार पक्राउ गरिएको सेन्ट्रो कारलाई आर्थिक लोभमा छोडिएको घटना बाहिरिनसाथ युवा नेता उमेश दुबे कार्यालय मै पुगि रवैया नसुध्रीए कडा कदम चाल्ने बताउनु भएको हो ।
जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउपालिकाको भावी उम्मेदवार समेत रहनु भएका युवा नेता उमेश दुबेले गत शुक्रबार बि.आर. ०१ बिएल ११०३ नम्बरको सेन्ट्रो कारलाई नियन्त्रणमा लिएर आर्थिक प्रलोभनमा छोडिएको घटना बारे प्रष्ट पार्नुभयो । उहाले मटिअर्वा छोटी भन्सार कार्यालयका प्रमुख शिवचन्द्र प्रसादलाई कार्यालयमै पुगि अबिलम्ब भ्रष्टाचार, चोरी, दलाली कार्य नरोकिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।
स्थानीयहरूका अनुसार मटीअर्वा छोटी भन्सार कार्यालयमा बिचौलियाकै माध्यमले रकम असुली हुने गरेको समेत उल्लेख गरे । मटिअर्वा छोटी भन्सारमा मनोज नामक बिचौलियालाइ राखी रकम असुली हुने गरेको बारे स्थानीयहरू नै प्रष्ट पारे । भारतबाट नेपाल आउने भारतीय सवारीबाट ५० रूपैयाको दरले रकम उठाइने गरेको समेत चालकहरू बताउछन । नेपाल सरकारले निशुल्क सवारी पासको ब्यवस्था मिलाएपनी प्रती सवारी साधन ५० रूपैयाको दरले रकम उठाउने गरेको स्थानीयहरू नै दाबी गरेका छन ।
मटिअर्वा छोटी भन्सार कार्यालयका प्रमुख शिवचन्द्र प्रसादको घुस कान्ड बारे समाचार बाहिरिदा झुटको खेती गर्दै आफुलाइ केही जानकारी नभएको बताउदै पन्छिन खोजेका थिए । तर उहाकै कर्मचारीले नियन्त्रणमा लिएको सेन्ट्रो कारलाई शिवचन्द्र प्रसादकै आदेशमा सबै कागजात सशस्त्र प्रहरी सइको जिम्मा लगाएको स्विकार गरे । सशस्त्र प्रहरीको सइ र कार्यालय प्रमुख शिवचन्द्र प्रसादले बिचौलिया मनोजकै सेटिङ्गमा एक लाख रूपैया घुस लिएर सवारी छोडेको बारे बाहिरिएको छ । यस बिषयमा सम्बन्धित निकायको ध्यान पुग्न अति अवाश्यक रहेको छ ।छ।
साथै युवा नेता दुबेले भन्सार विभाग, अर्थ मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्बन्धित निकायसँग सम्पूर्ण घटनाको निष्पक्ष छानबिन, सीसीटीभी फुटेज, नियन्त्रण र भन्सार प्रक्रियासम्बन्धी अभिलेख परीक्षण तथा दोषी प्रमाणित हुने जोसुकै माथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button