मधेशसमाचार

प्रजिअ मिश्र जिल्ला प्रशासन कार्यालय बारामा हाजिर

कलैया , १९ कार्तिक

जिल्ला प्रसासन कार्यालय सुनसरीबाट यहि कार्तिक ९ गते जिल्ला प्रशासन कार्यालय बारामा सरुवा भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मँगलबार हाजिर भएका छैन।

प्रमुख जिल्ला अधिकारी मिश्रलाई जिल्ला प्रहरी कार्यालय बाराको प्रमुख सन्तोष तामाङ , सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी र राष्ट्रिय अनुसन्धान बाराका प्रमुख सरोज गुरागाई लगायतका उपस्थित रहेकाले स्वागत गरेका थिए।

नव नियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मिश्र बाराको जिल्ला प्रशासन कार्यालयमा औपचारिक रूपमा हाजिर भएका छन्।

मंगलवार कार्यालय पुगेर उनले कर्मचारीहरूसँग परिचयात्मक बैठक गरेका छन् र आगामी दिनमा शान्ति–सुरक्षा, प्रशासनिक सुशासन र जनसेवामा सुधार आफ्नो प्राथमिकता रहने बताएका छन्।

प्रजिअ मिश्रले बारालाई प्रशासनिक दृष्टिले संवेदनशील जिल्ला भएको बताउँदै, सीमाक्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, आपूर्ति व्यवस्थापन, र मेलापर्वका समयमा सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button