मधेशसमाचार

बिहार निर्वाचनको कारण नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द

कलैया, २२ कार्तिक 

भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लामा हुने दोस्रो चरणको विधान सभा निर्वाचनका कारण बाराको सीमावर्ती क्षेत्रका नेपाल–भारत सीमा नाकाहरू तीन दिनका लागि बन्द हुने भएका छन्।

जिल्ला प्रशासन कार्यालय बाराले शुक्रबार सूचना जारी गर्दै मिति २०७२ कार्तिक २२ गते साँझ ६ बजेबाट २५ गते साँझ ६ बजेसम्म आकस्मिक सेवाबाहेकका सबै प्रकारका आवागमन पूर्ण रूपमा रोक्का गरिने जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा हस्ताक्षरित सूचनामा शान्ति सुरक्षा कायम राख्न र सीमा व्यवस्थापन सुदृढ गर्न भारत–नेपाल सीमा समन्वय बैठकको निर्णय तथा भारतको समाहरणालय पूर्वी चम्पारण, मोतिहारीको पत्रानुसार यो निर्णय लागू गरिएको उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयले नागरिकहरूलाई अनावश्यक रूपमा सीमा क्षेत्रमा आवतजावत नगर्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न अनुरोध गरेको छ।

बाराका प्रमुख नाकाहरू—सिम्रौनगढ, कबहीगोठ, मटिअर्वा , बलिरामपुर लगायतका क्षेत्रमा यस अवधिमा सवारीसाधन र पैदल आवागमन पनि रोकिने जनाइएको छ।

प्रशासनले आपतकालीन स्वास्थ्य सेवा, एम्बुलेन्स, र सरकारी कामका विशेष प्रयोजनमा मात्र सीमित रूपमा अनुमति दिने बताएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button