कलैया , १६ भाद्र
सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणपति खुम बहादुर केसीले बाराको सिमानाकालाई कमाई खाने भाँडो बनाएको बिभिन्न सँचारगृहमा समाचार प्रकाशन हुने गरेको पाईन्छ। त्यसमा पनि सशस्त्र प्रहरी उपरीक्षक केसी सशस्त्र प्रहरी सँगठन बिपरित सशस्त्र प्रहरी सहायक हवल्दार राजेश यादवको कमाण्डमा तिन जना घुमुवा प्रहरी परिचालन गरेका छन्।
यसरी सशस्त्र प्रहरी उपरीक्षक केसीले परिचालन गरेको घुमुवा प्रहरी यादवको माध्यमबाट बारामा ठुलो ब्यापारीलाई ग्रिन सिग्नल र सानो गरी खाने ब्यापारीहरुले दुःख दिने गरेको बारेमा यस दैनिकले आईतबार समाचार प्रकाशन गरेको थियो।
समाचार प्रकाशन भएपछि सशस्त्र प्रहरी उपरीक्षक केसीले केहि अनलाईन सँचारगृहमा समाचारको खण्डन गराउदै सशस्त्र प्रहरी बल १२ नम्बर गणले हालसम्म करोडौं अबैध समान भँसार दाखिला गरेको लेखाएका छन्। साथै उक्त अनलाईन सँचारगृहको समाचारमा नै जितपुर सुरक्षा बेसले शनिबार दुई लाख ६७ हजार मुल्यको कपडा र किराना समान पक्राउ गरेको उल्लेख गरीएको छ। भने सिमा सुरक्षा गुल्म पिपरपातीको टोलिले मोटरसाइकल सहित दुई लाख बराबरको किराना समान र बिओपि केहिगोठले ४० हजार बराबरको मोटर पार्ट्स बरामद गरीएको उल्लेख गरीएको छ।
बीरगंजको सम्पुर्ण सिमानाकाबाट हुने तस्करीको समान मोटरसाइकल, ट्रान्सपोर्ट र गाडीहरुमा जितपुर हुदै काठमाडौंसम्म पुग्ने स्थानबाट दुई लाखको ६७ हजारको कपडा र किराना समान पक्राउ गर्नु , सिम्रौनगढ नाकाबाट बिभिन्न ब्यापारीहरु तस्करी गर्नुको साथै उक्त स्थानबाट नै नेपाल प्रहरीले शुक्रबार राति छापामारी गरी १३८ किलो भन्दा बढी लागु औषध गाँजा बरामद गरेको छ।
त्यस्तै कवहीगोठ नाकाबाट कपडा सहित हार्डवेयर, कस्मेटिक समान सहित पिकअपमा फुलको तस्करी हुनेमा ४० हजारको मोटर्स पक्राउ गर्नुमा नै सशस्त्र प्रहरी उपरीक्षक केसीको कार्यसम्पादनमा औंला उठेको छ।
त्यस्तै केहि दिन पहिला सशस्त्र प्रहरी बल १२ नम्बर गण र गणपति केसीको बिषयमा एक अनलाईन सँचारगृहले समाचार प्रकाशन गर्दा प्रेस काउन्सिलमा उक्त अनलाईन सँचारगृह सहित सँचालक माथि पनि उजुरी गरेको पाईन्छ।
साथै आईतबार नै कार्यसम्पादनमा कमजोर देखिएको कारण सशस्त्र प्रहरी बल मुख्यालयले बाराका बोओपि कबहीगोठका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा, झिटकैयाका सशस्त्र प्रहरी नायव निरीक्षक केदारबहादुर परियार,फरवार्ड सुरक्षा बेस बलिरामपुरका सशस्त्र प्रहरी नायव निरीक्षक हरिप्रसाद लम्साल, फरवार्ड सुरक्षा बेस छतवाका सशस्त्र प्रहरी नायव निरीक्षक गणेश गिरी र झरखोर पोष्टका सशस्त्र प्रहरी सहायक निरीक्षक शिवशंकर प्रसाद चौधरीलाई जिम्मेवारी मुक्त गर्दै हेडक्वाटर तानेको छ।
यसरी बिओपि र फरवार्ड सुरक्षा बेसको जिम्मेवारीबाट हटाउनु तर जिल्लाको कमाण्डर रहेको सशस्त्र प्रहरी उपरीक्षकलाई छुट दिनुमा सशस्त्र प्रहरी सँगठन माथि नै प्रश्न उठ्न थालेको छ।