मधेशसमाचार

छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा सहित एक महिला एक पुरुष पक्राउ 

कलैया, १९ भाद्र

छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा सहित एक महिला एक पुरुषलाई बारा प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराको दिएको जानकारी अनुसार सिमराबाट बुधबार बिहान लागुऔषध गाँजासहित एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका ११ खेस्रोलका २० वर्षीय मुना यादव रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सिमराबाट असई राजहरण यादवको नेतृत्वमा खटिएको प्रहरी टोलिले पथलैयाबाट जैतापुरतर्फ जाँदै गरेको बिआर०५ एम ७७१८ नम्बरको भारतीय मोटरसाइकललाई रोकेर जाँच गरेको थियो ।

जाँचका क्रममा उक्त मोटरसाइकलको ट्याङ्की मुनी फल्स बटम बनाई लुकाइछिपाई राखेको अवस्थामा करिब पाँच किलो लागूऔषध गाँजा फेला परेको अवस्थामा बरामद लागूऔषध गाँजा र मोटरसाइकलसहित यादवलाई पक्राउ गरीएको छ।

त्यस्तै शुक्रबार बेलुका सिम्रौनगढबाट एक सय ३८ किलो सात सय ग्राम लागुऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका २ नयका टोलकी ३५ वर्षीया रिता देवी यादव रहेकी छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक पवन पछाईको नेतृत्वमा खटिएको प्रहरी टोलीले यादवको घरबाट लुकाईछिपाई राखेको अवस्थामा एक सय ३८ किलो सात सय ग्राम लागूऔषध गाँजा बरामद गरेको थियो।

पक्राउ गरीएको दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी प्रबक्ता एबम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button