राष्ट्रियसमाचार

पाप धुरीबाट कराउँछ भन्ने उखान प्रमाणित, पुर्वाधार कार्यालय कलैयाको निमित्त प्रमुख साह माथि बिशेष अदालतमा मुद्दा

पाप धुरीबाट कराउँछ भन्ने उखान प्रमाणित, पुर्वाधार कार्यालय कलैयाको निमित्त प्रमुख साह माथि बिशेष अदालतमा मुद्दा

 

 

बारा , २१ बैशाख

 

पाप धुरीबाट कराउँछ भन्ने उखान प्रमाणित भएको छ। पुर्वाधार कार्यालय कलैयाको निमित्त कार्यालय प्रमुख राजेन्द्र साहले गरेको भ्रष्टाचारको बिषयमा बिभिन्न सँचार माध्यममा समाचार प्रकाशन हुदै आएको थियो। साथै निमित्त कार्यालय प्रमुख साहले गरेको भ्रष्टाचारको बिषयमा मधेश प्रदेशको सदनमा समेत कुरा उठेको थियो। त्यति नभई पुर्वाधार कार्यालय कलैयाले आर्थिक वर्ष २०८०/०८१ मा योजना टुक्रा टुक्रा गरी उपभोक्ता समितीबाट समेत कमिशन उठाएको बिभिन्न सञ्चार माध्यम सहित अख्तियार दुरुपयोग अनुसंधान आयोगले समेत अनुसन्धान गरेको थियो।

 

साह पुर्वाधार कार्यालय कलैयामा कार्यलय प्रमुख भएपछि भ्रष्टाचार गर्ने नगरी बिगतमा सहरी बिकास तथा भवन निर्माण कार्यालय पर्सामा निमित्त कार्यालय प्रमुख हुदाँ समेत भ्रष्टाचार गर्ने गरेको एक तथ्यले प्रमाणित गरेको छ।

 

सोहि अनुसार आईतबार अख्तियार दुरुपयोग अनुसंधान आयोग टङ्गाल काठमाडौंले पुर्वाधार कार्यालय कलैयाको निमित्त कार्यालय प्रमुख तथा सहरी बिकास तथा भवन निर्माण कार्यालय पर्साको तत्कालीन निमित्त कार्यालय प्रमुख राजेन्द्र साह सहित ९ जनाविरुद्ध निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

 

अख्तियारले अस्पतालको आकस्मिक कक्ष भवन निर्माणको ठेक्कामा प्रकृयामा एक करोड ८४ लाख ३८ हजार ४५८ अनियमितता गरेको आरोपमा तत्कालिन पुर्वाधार कार्यालय कलैयामा निमित्त प्रमुख एवम् सहरी बिकास तथा भवन निर्माण पर्सा कार्यालयको तत्कालिन निमित्त प्रमुख साह सहित पुर्वाधार कार्यालय कलैयामा कार्यरत रहेका ईन्जिनियर एवम् सहरी बिकास तथा भवन निर्माण कार्यालय पर्साको तत्कालीन ईन्जिनियर सकुर अँसारी, नारायणी अस्पातालको तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट सँजय कुमार ठाकुर , नारायणी अस्पातालको नायव सुव्वा शुशिल प्रसाद यादव र नारायणी अस्पातालको तत्कालीन लेखापाल सुदिप कुमार माझि , ठेक्का मुल्यांकन समितिका संयोजक डा. विरेन्द्रबहादुर प्रधान र सदस्य सचिव माधवी चौधरी माथी मुद्दा दर्ता गरेको छ ।

 

त्यस्तै अख्तियार दुरुपयोग अनुसंधान आयोग टङ्गालको अनुसार मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्सका तत्कालिन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्माविरुद्ध मुद्धा दायर गरिएको छ।

 

यस बिषयमा पुर्वाधार कार्यालय कलैयामा निमित्त प्रमुख एवम् सहरी बिकास तथा भवन निर्माण कार्यालय पर्साको तत्कालीन निमित्त प्रमुख राजेन्द्र साहसँग कुरा गर्दा आफुले टेन्डर मात्र गरेको बताएका छन्। बजेट नारायणी अस्पातालको नै भएकोले सम्झौता पनि नारायणी अस्पातालले नै गरेको बताएका छन्। साथै आफुले त्यसको भुक्तानी समेत नगरेकोले आफु निर्दोष रहेको दाबी गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button