मधेशसमाचार

समाजिक अभियन्ता कुशवाहा र सिंहको विनाशर्त रिहाई गर्न दवाव सहित टायर बालेर बिरोध 

कलैया , १६ कार्तिक 
भ्रष्टाचार बिरुद्ध आवाज उठाउने आदर्श कोतवाल गाउँपालिका-१ चिउटाहाका सामाजिक अभियन्ता प्रदीप कुशवाहा र वडा-५ का डी. के. सिंह लाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। दुबै जना गाउँपालिकामा देखिएको भ्रष्टाचार र अनियमितता विरुद्ध लामो समयदेखि आवाज उठाउँदै आएका थिए। भने स्ट्रिट लाईट जडानको बिषय लिई उहाँहरु नेतृत्वमा युवाहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी समेत गरेका थिए।
सोहि बिषयमा दुबै जना युवालाई इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शका प्रहरीले बार्ताका लागि बोलाई शुक्रबार पक्राउ गरेको थियो।
दुबैको पक्राउको विरोधमा अताउल अंसारी, सद्दाम अंसारी, साहेब गुप्ता, कमलेश यादव लगायतका स्थानियहरुले शनिबार बेलुका आदर्श कोतवाल गाउँपालिका -१ हरनहिया चौकमा टायर बालेर सडकमा तीव्र विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनमा स्थानीयहरुले समाजिक अभियन्ता प्रदिप कुशवाहा र डी.के. सिंहलाई “विनाशर्त रिहाई गर”, “राजनीतिक दवाबमा गिरफ्तारी अस्वीकार्य छ” जस्ता नाराहरु लगाएका थिए।
यता जिल्ला प्रहरी कार्यालय बाराले आपराधिक उपद्रव मुद्दामा दुबै जनामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत बाराबाट पाँच दिनको हिरासतमा राख्न अनुमति लिएको छ। 
आदर्शकोतवाल गाउँपालिकामा भएको तोडफोड तथा तालाबन्दी घटना सम्बन्धी गाउँपालिका अध्यक्ष जवाहर प्रसादले दिएको जाहेरीका आधारमा उक्त दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले समेत जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button